ऐतिहासिक विजय : वेस्ट इन्डिजलाई हराउँदै नेपालले पहिलो पटक टी–२० सिरिज जित्यो

Hemraj Joshi
Hemraj Joshi
2025 September 30, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 111 जनाले हेरेका छन्।
काठमाडौं । दुईपटक टी–२० विश्वविजेता वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले ऐतिहासिक सिरिज जितेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा ९० रनको सानदार जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा २–० को अग्रता बनाउँदै इतिहास रचेको हो। पहिलो खेलमा १९ रनले विजयी भएको
ऐतिहासिक विजय : वेस्ट इन्डिजलाई हराउँदै नेपालले पहिलो पटक टी–२० सिरिज जित्यो

काठमाडौं । दुईपटक टी–२० विश्वविजेता वेस्ट इन्डिजलाई पराजित गर्दै नेपालले ऐतिहासिक सिरिज जितेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा ९० रनको सानदार जित निकाल्दै नेपालले तीन खेलको सिरिजमा २–० को अग्रता बनाउँदै इतिहास रचेको हो। पहिलो खेलमा १९ रनले विजयी भएको नेपालले दोस्रो खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

ब्याटिङतर्फ ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतक प्रहार गर्दै नेपाललाई ठुलो स्कोरसम्म पु¥याए। बलिङतर्फ मोहम्मद आदिल आलमले चार विकेट झारे भने कुशल भुर्तेलले तीन विकेट हात पारे। त्यस्तै दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए।

यो जितसँगै नेपालले पहिलोपटक टेस्ट खेल्ने मुलुकविरुद्ध टी–२० सिरिज आफ्नो पक्षमा पारेको छ। अब बाँकी एक खेल नतिजा जसरी भए पनि नेपाल सिरिज विजेता बनेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: