आरजु राणाका भाइ भूषण राणाको घरमा सिआईबीको छापा

Hemraj Joshi
Hemraj Joshi
2025 September 29, Monday
📊 यो समाचारलाई अहिलेसम्म 769 जनाले हेरेका छन्।
निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ तथा शेरबहादुर देउवाका सालो भूषण राणाको निवासमा आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। छापामा स्रोत नखुलेको रकम र ठूला आर्थिक लेनदेनसँग सम्बन्धित कागजात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। करिब
आरजु राणाका भाइ भूषण राणाको घरमा सिआईबीको छापा

निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ तथा शेरबहादुर देउवाका सालो भूषण राणाको निवासमा आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। छापामा स्रोत नखुलेको रकम र ठूला आर्थिक लेनदेनसँग सम्बन्धित कागजात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

करिब एक महिनादेखि युरोपमा रहेका भूषण घरमा नरहेका बेला प्रहरी टोलीले कागजात सङ्कलन गरेको हो।ठेक्का र नियुक्तिमा डिल गर्ने तथा आरजु राणाको आर्थिक चलखेलमा संलग्न रहेको आरोप उनीमाथि पहिले देखिनै लाग्दै आएको थियो। सिआईबीले संकलित कागजातको अध्ययन अघि बढाइरहेको र प्रमाण पुष्टि भए कानुनी कारबाही हुने अधिकारीले बताएका छन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: