प्रधानमन्त्री कार्कीको पहिलो समन्वय बैठकः मन्त्रालयहरूलाई सक्रिय बनाउन निर्देशन
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनपछि पहिलो पटक सबै मन्त्री र सचिवहरूलाई एकै स्थानमा भेला गर्दै समन्वय बैठक सञ्चालन गरेकी छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको उक्त बैठकमा सरकारका प्राथमिकता, कार्ययोजना र आगामी कदमबारे विस्तृत छलफल भएको थियो।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि सरकारी संयन्त्रको कार्यक्षमता अभिवृद्धि र जिम्मेवारी स्पष्ट पार्ने उद्देश्यले बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। बैठकमा मन्त्रालयगत कामको प्रगति, जनतासँग सम्बन्धित प्राथमिक कार्यक्रमहरू र तिनको कार्यान्वयन अवस्थाबारे विस्तृत रिपोर्ट प्रस्तुत गरिएको थियो।
कार्कीको नेतृत्वमा बनेको यो सरकार जेनजी आन्दोलनपछिको राजनीतिक सहमतिको परिणामस्वरूप गठन भएको हो। गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले हाल देशमा सुशासन र पारदर्शिता कायम गर्न प्रशासनिक सुधारलाई पहिलो प्राथमिकता दिएकी छन्। सरकारका निकट स्रोतका अनुसार प्रधानमन्त्रीले बैठकमा मन्त्री र सचिवहरूलाई “प्रतिवद्धता अनुसारको परिणाम देखिने समय सुरु भएको” भन्दै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएकी थिइन्।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- राम कार्कीको आत्मस्वीकारोक्ति: हाम्रो पुस्ताले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न सकेन
- गगन थापाले पेस गरे कांग्रेस १५औं महाधिवेशनको नयाँ कार्यतालिका
- गोरखाबाट सामाजिक अभियन्ता निकोलस भुसाल पक्राउ परे
- ज्ञानेन्द्र शाहीको आग्रह: राप्रपा नेताहरूले फुट होइन, एकता देखाउनुपर्ने समय हो
- सुन र चाँदी दुवैको मूल्यमा गिरावट