सुनको मूल्य स्थिर, चाँदीमा पाँच रूपैयाँको वृद्धि
📊 यो समाचारलाई अहिलेसम्म 148 जनाले हेरेका छन्।
नेपालमा सोमबार सुनको मूल्य आइतबारकै दरमा स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला पाँच रूपैयाँले वृद्धि भई तीन हजार ६० रूपैयाँ पुगेको छ।
काठमाडौं — साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन आइतबारकै दरमा कारोबार भइरहेको छ। महासंघले सार्वजनिक गरेको दर अनुसार सोमबार बजारमा छापावाला सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमै कारोबार भइरहेको छ। गत आइतबार पनि यही मूल्य कायम रहेको थियो ।
तर चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। आइतबार प्रतितोला तीन हजार ५५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच रूपैयाँले वृद्धि भई तीन हजार ६० रूपैयाँमा पुगेको महासंघले जनाएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- राम कार्कीको आत्मस्वीकारोक्ति: हाम्रो पुस्ताले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न सकेन
- गगन थापाले पेस गरे कांग्रेस १५औं महाधिवेशनको नयाँ कार्यतालिका
- गोरखाबाट सामाजिक अभियन्ता निकोलस भुसाल पक्राउ परे
- ज्ञानेन्द्र शाहीको आग्रह: राप्रपा नेताहरूले फुट होइन, एकता देखाउनुपर्ने समय हो
- सुन र चाँदी दुवैको मूल्यमा गिरावट