जेनजीका मागहरू व्यवहारिक, तर गलत तत्वले आन्दोलनलाई मोड्ने प्रयास भयो — शंकर पोखरेल

खोज समाचार
खोज समाचार
2025 November 3, Monday
📊 यो समाचारलाई अहिलेसम्म 169 जनाले हेरेका छन्।
शंकर पोखरेलले जेनजी युवाहरूका मागहरूलाई व्यवहारिक मानेका छन् तर ती मागहरूलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रयास भएको बताएका छन्। उनले मोबाइल र प्रविधिको लतले युवालाई भ्रामक दिशामा डोर्याएको दाबी गरे।
जेनजीका मागहरू व्यवहारिक, तर गलत तत्वले आन्दोलनलाई मोड्ने प्रयास भयो — शंकर पोखरेल

काठमाडौं — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेनजी पुस्ताले अघि सारेका मागहरू राज्यका दृष्टिले असम्भव नभएको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ती मागहरू सुन्न र सम्बोधन गर्न सरकार सक्षम रहेको जनाए।

तर उनका अनुसार भदौ २३ र २४ गतेका घटनामा जेनजीको असल चाहनालाई केही तत्वहरूले आफ्ना स्वार्थका लागि प्रयोग गरे। उनले भने, “ती युवाहरूको मागहरू औपचारिक रूपमा तत्कालीन सरकारले प्राप्त नै गरेको थिएन, नेतृत्व कसले लिएको हो भन्ने स्पष्ट नै थिएन।”

पोखरेलले पछिल्ला प्रविधिप्रतिको अत्यधिक आकर्षण र मोबाइलको लतले युवाहरूलाई भ्रमित बनाउन सजिलो बनाएको टिप्पणी गरे। “आजका युवाहरू परिवारभन्दा पनि मोबाइलमा बढी बाँधिएका छन्। यही कमजोरीलाई केही गलत सोच भएका समूहले प्रयोग गरे,” उनले भने।

उनका अनुसार केही शक्तिहरूले पूर्व सरकारप्रति अविश्वास फैलाउने अभियान चलाइरहेका छन्। “सरकारले चासो नदेखाएको भन्ने जबरजस्ती धारणा बनाउने प्रयास भइरहेको छ, तर त्यो वास्तविकता होइन,” पोखरेलले स्पष्ट पारे। उनले घटनाक्रमको विश्लेषण गर्दै भने, “परिस्थितिलाई आफ्नो स्वार्थअनुकूल मोड्ने प्रयास भएको छ, त्यसैले अब युवाहरूले आफू प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुपर्छ।”

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: