गगन थापाले पेस गरे कांग्रेस १५औं महाधिवेशनको नयाँ कार्यतालिका

खोज समाचार
खोज समाचार
2025 November 4, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 47 जनाले हेरेका छन्।
कांग्रेस महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्, तर देउवा पक्ष फरक कार्यतालिका ल्याउने तयारीमा छ।
गगन थापाले पेस गरे कांग्रेस १५औं महाधिवेशनको नयाँ कार्यतालिका

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५औं महाधिवेशनका लागि औपचारिक कार्यतालिका प्रस्तुत गरेका छन्। मंगलबार बसेको केन्द्रीय समिति बैठकमा थापाले पुस १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव राखेका हुन्।

यसअघि उनले यही प्रस्ताव कार्यसम्पादन समितिमा पनि पेस गरेका थिए। तर सभापति शेरबहादुर देउवा निकट पदाधिकारीहरूले फागुन २१ गतेभित्र महाधिवेशन नगर्ने अडान सार्वजनिक गर्दै आएका छन्। देउवा पक्षका नेताहरूको भनाइमा अहिलेको राजनीतिक र संगठनात्मक परिस्थिति महाधिवेशनका लागि उपयुक्त छैन।

थापाको प्रस्तावले पार्टीभित्र महाधिवेशन मिति बारे पुनः चर्चा तातेको छ। केही नेताहरूले उनले प्रस्तुत गरेको कार्यतालिका संस्थागत निर्णयको रूपमा अघि बढाउनुपर्ने बताएका छन् भने देउवा पक्षले वैकल्पिक प्रस्ताव पनि तयारीमा रहेको जनाएको छ। स्रोतका अनुसार सभापति देउवा पक्षले पनि आफ्नै कार्यतालिका चाँडै पेस गर्ने तयारी गरेको छ, जसमा मिति केही पछाडि सार्ने योजना रहेको बताइएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: