कांग्रेस रुपान्तरणको सूत्र: विश्वप्रकाशद्वारा सबै तहमा ३० वर्षमुनिका युवाको सुनिश्चितता प्रस्ताव

खोज समाचार
खोज समाचार
2025 September 27, Saturday
📊 यो समाचारलाई अहिलेसम्म 441 जनाले हेरेका छन्।
 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र संरचनात्मक रुपान्तरण आवश्यक भएको भन्दै विधान संशोधनलाई पहिलो कदमका रूपमा अघि सार्ने धारणा व्यक्त गरेका छन्। शुक्रबार बाराको कलैया र पर्साको वीरगन्जमा आयोजित कार्यकर्ता भेलामा बोल्दै शर्माले ३० वर्ष मुनिका युवालाई सशक्त रूपमा पार्टीको
कांग्रेस रुपान्तरणको सूत्र: विश्वप्रकाशद्वारा सबै तहमा ३० वर्षमुनिका युवाको सुनिश्चितता प्रस्ताव

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र संरचनात्मक रुपान्तरण आवश्यक भएको भन्दै विधान संशोधनलाई पहिलो कदमका रूपमा अघि सार्ने धारणा व्यक्त गरेका छन्। शुक्रबार बाराको कलैया र पर्साको वीरगन्जमा आयोजित कार्यकर्ता भेलामा बोल्दै शर्माले ३० वर्ष मुनिका युवालाई सशक्त रूपमा पार्टीको निर्णय प्रक्रियामा ल्याउनुपर्ने बताए।

उनका अनुसार ‘३० मुनिका ३०’ अवधारणा विधानमै समावेश गरी हरेक निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा युवा अनिवार्य हुने प्रावधान बनाउनुपर्छ। “३० वर्षभन्दा कम उमेरका सदस्यलाई मताधिकार र उम्मेदवारी दुवैमा अवसर दिँदा मात्रै पार्टीमा नयाँ पुस्ताको ऊर्जा आउँछ,” उनले भने।

शर्माले विदेशमा रहेका नेपाली कांग्रेसका जनसम्पर्क समितिबाट पनि केन्द्रीय तहमा प्रत्यक्ष प्रतिनिधित्व हुने व्यवस्था आवश्यक भएको बताए। उनका अनुसार प्रत्येक महादेशबाट कम्तीमा एक जना र मध्यपूर्वबाट छुट्टै प्रतिनिधि निर्वाचित हुनसक्ने प्रावधान राख्नुपर्छ।

देश, लोकतन्त्र र पार्टी नै चुनौतीमा रहेको उल्लेख गर्दै उनले कांग्रेसभित्र गुटगत राजनीति अन्त्य गर्न आग्रह गरे। “भोलि इतिहासले सोध्यो भने ‘गुट जोगाउँदै थिएँ’ भन्ने जवाफ दिनुपर्ने अवस्था आउनु हुँदैन। अब विवेककाे बाटो समाएर रुपान्तरणको संकल्प लिनुपर्छ,” उनले जोड दिए।

शर्मा बारा र पर्सा क्षेत्रमा हालै भएका तोडफोड तथा आगजनी घटनाको अवलोकन गर्न शुक्रबार बिहानै रौतहट हुँदै कलैया र वीरगन्ज पुगेका थिए। कार्यकर्ता भेलामा उनले त्यही घटनालाई उदाहरण दिँदै पार्टीभित्र अनुशासन, संगठन र विचारको नवीकरण अपरिहार्य भएको बताए।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: