माओवादी केन्द्रको अध्यक्षबाट प्रचण्ड अलग, महाधिवेशन आयोजक समितिको संयोजक बने

Hemraj Joshi
Hemraj Joshi
2025 September 26, Friday
📊 यो समाचारलाई अहिलेसम्म 272 जनाले हेरेका छन्।
नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अब पार्टीको अध्यक्षको रूपमा नरहेको बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अब पार्टीको अध्यक्ष पदमा नरहेको र महाधिवेशन आयोजक समितिको संयोजक बनेको
माओवादी केन्द्रको अध्यक्षबाट प्रचण्ड अलग, महाधिवेशन आयोजक समितिको संयोजक बने

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अब पार्टीको अध्यक्षको रूपमा नरहेको बताएका छन्।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अब पार्टीको अध्यक्ष पदमा नरहेको र महाधिवेशन आयोजक समितिको संयोजक बनेको स्पष्ट पारे। प्रचण्डले केन्द्रीय समितिको बैठक सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिँदै भने, “केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौँ। अब म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँ।”

शुक्रबार बसेको माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: