गोरखाबाट सामाजिक अभियन्ता निकोलस भुसाल पक्राउ परे

खोज समाचार
खोज समाचार
2025 November 4, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 130 जनाले हेरेका छन्।
विवादास्पद अभिव्यक्तिपछि निकोलस भुसाललाई गोरखाबाट प्रहरीले पक्राउ गरी स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको छ।
गोरखाबाट सामाजिक अभियन्ता निकोलस भुसाल पक्राउ परे

गोरखा — सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो गोरखा नगरपालिका–८ सरस्वती आश्रम क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। टोलीको नेतृत्व डिएसपी अनिल घिमिरेले गरेका थिए।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठका अनुसार भुसाललाई पक्राउ गरी स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ। “उनी अहिले प्रहरी नियन्त्रणमा छन्। नियमित प्रक्रिया अनुसार स्वास्थ्य परीक्षणका लागि पठाइएको हो,” डिएसपी श्रेष्ठले बताए।

भुसाल सोमबार मात्र गोरखा पुगेका थिए। प्रहरीले पछिल्ला दिनमा उनले सामाजिक सञ्जालमा दिएका अराजक र उत्तेजनात्मक अभिव्यक्तिबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: