सुन र चाँदी दुवैको मूल्यमा गिरावट

खोज समाचार
खोज समाचार
2025 November 4, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 105 जनाले हेरेका छन्।
मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय र चाँदी तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको छ।
सुन र चाँदी दुवैको मूल्यमा गिरावट

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार तीन सय रूपैयाँमा झरेको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको सुन आज १,४०० रूपैयाँले सस्तो भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला तीन हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४५ रूपैयाँले घट्दै तीन हजार १५ रूपैयाँमा झरेको महासंघले जनाएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: