बिहीबार सुनचाँदीको मूल्य घट्यो
📊 यो समाचारलाई अहिलेसम्म 217 जनाले हेरेका छन्।
नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १,७०० रुपैयाँले घटेको हो। बुधबार तोलामा रु. २,२३,००० मा कारोबार भएको छापावाल सुन बिहीबार घटेर रु.

काठमाडौँ — नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १,७०० रुपैयाँले घटेको हो। बुधबार तोलामा रु. २,२३,००० मा कारोबार भएको छापावाल सुन बिहीबार घटेर रु. २,२१,३०० मा कायम भएको छ।
सुनसँगै चाँदीको मूल्य पनि तल झरेको छ। बुधबार तोलामा रु. २,७०० मा कारोबार भएको चाँदी बिहीबार घटेर रु. २,६८५ पुगेको महासंघले जनाएको छ।