साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि भिडन्त आज, नेपाललाई जित अनिवार्य

Hemraj Joshi
Hemraj Joshi
2025 July 21, Monday
📊 यो समाचारलाई अहिलेसम्म 762 जनाले हेरेका छन्।
आज सोमबार नेपाल र बंगलादेशबीच हुने खेलले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि विजेता तय गर्नेछ। ढाकाको बसुन्धरा स्पोर्ट्स एरिनामा हुने यो निर्णायक खेलमा नेपालले जित निकाले मात्र च्याम्पियन बन्नेछ, भने बराबरी वा हारले साबिक विजेता बंगलादेशले उपाधि रक्षा गर्नेछ। नेपाल
साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि भिडन्त आज, नेपाललाई जित अनिवार्य

ढाका — आज सोमबार नेपाल र बंगलादेशबीच हुने खेलले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि विजेता तय गर्नेछ। ढाकाको बसुन्धरा स्पोर्ट्स एरिनामा हुने यो निर्णायक खेलमा नेपालले जित निकाले मात्र च्याम्पियन बन्नेछ, भने बराबरी वा हारले साबिक विजेता बंगलादेशले उपाधि रक्षा गर्नेछ।

नेपाल अहिले १२ अंकसहित दोस्रो स्थानमा छ, जबकि बंगलादेश १५ अंकसहित शीर्षमा। दोहोरो राउन्ड रोबिन लिगमा समान १५ अंक भएमा गोलअन्तर हेरिनेछ, जहाँ नेपाल ६ गोलले अगाडि छ। तर त्यसका लागि नेपाललाई तीन अंक अनिवार्य छ। नेपालले अहिलेसम्म यू–२० फम्र्याटमा बंगलादेशलाई पराजित गर्न सकेको छैन। ९ खेलमध्ये ८ मा हार र १ बराबरी छ। यद्यपि, प्रशिक्षक यम गुरुङले भनेका छन्, “पहिलो खेलको गल्ती दोहोरिन्न, अबको लक्ष्य उपाधि जित्नु हो।”

स्ट्राइकर मीना देउवा पनि आत्मविश्वासका साथ मैदान उत्रने बताउँछिन्, “गल्ती सुधार्ने समय यही हो, जित्न हामी तयार छौं।” अघिल्लो खेलमा नेपाल अन्तिम सेकेन्डमा ३–२ ले पराजित भएको थियो। नेपाली टोलीका स्टार पूर्णिमा राई (१० गोल) र मीना देउवा (७ गोल) गोल्डेन बुटको दौडमा छन्। बंगलादेशका तीन प्रमुख स्ट्राइकर निलम्बनमा परेपछि नेपाललाई मौका मिलेको छ।

प्रतियोगितामा भारत, पाकिस्तान र माल्दिभ्स सहभागी नभएका कारण नेपाल र बंगलादेशको प्रतिस्पर्धा अझ रोमाञ्चक बनेको छ। उमेर समूह फुटबलमा बंगलादेशले ठूलो लगानी गर्दै आएको भए पनि नेपाल यो खेलमा इतिहास बनाउने नजिक छ। आजको खेल जित्न सके, नेपाल पहिलोपटक साफ यू–२० च्याम्पियन बन्नेछ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: