पहिले आफैं राजीनामा दिनुस्, तब मात्र नेतृत्वको कुरा गरौं”: एमाले नेतृ लक्ष्मी गौतमको चेतावनी

खोज समाचार
खोज समाचार
2025 October 16, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 313 जनाले हेरेका छन्।
एमालेको केन्द्रीय कमिटी बैठकमा नेतृ लक्ष्मी गौतमले अध्यक्षको राजीनामा माग्ने नेताहरूमाथि प्रहार गर्दै आफूले पहिले राजीनामा दिन सुझाव दिएकी छन्। उनले कार्यकाल अझै बाँकी रहेको भन्दै हतारमा महाधिवेशन गर्न नहुने बताइन्। अर्का नेता रोमनाथ ओलीले पनि अहिले नेतृत्व परिवर्तनको होइन, संगठन सुदृढीकरणको समय भएको बताएका छन्।
पहिले आफैं राजीनामा दिनुस्, तब मात्र नेतृत्वको कुरा गरौं”: एमाले नेतृ लक्ष्मी गौतमको चेतावनी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा एक रोचक तर निर्णायक बहस चलेको छ। बैठकमा सहभागी केन्द्रीय सदस्य लक्ष्मी गौतमले केही शीर्ष नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्दै हल्ला चलाएको विषयमा ती नेताहरूमाथि नै प्रश्न उठाएकी छिन्।

‘पार्टीको संकटको बेला नेतृत्वलाई कमजोर देखाउने होइन, सुदृढ बनाउने जिम्मेवारी हामी सबैको हो,’ गौतमले भनिन्, ‘दुई–दुई पटक पदाधिकारी भइसकेका तपाईंहरू नै राजीनामा माग्दै हुनुहुन्छ भने, केन्द्रीय सदस्यले तपाईंहरूको राजीनामा मागे दिन तयार हुनुहुन्छ?’

गौतमको भनाइमा, पार्टीभित्रको असहमति स्वाभाविक भए पनि कार्यकाल पूरा गर्न नदिई नेतृत्व बदल्ने खेल गलत संकेत हो। उनले स्पष्ट गरिन् — ‘कार्यकाल अझै एक वर्ष बाँकी छ। अहिले महाधिवेशन हतारमा गर्नुपर्ने कुनै अवस्था छैन।’ त्यसै बैठकमा अर्का केन्द्रीय सदस्य रोमनाथ ओलीले पनि तत्काल नेतृत्व परिवर्तन वा अध्यक्षको विकल्प खोज्ने बहसलाई असामयिक ठहर गरे।

‘पार्टी कठिन मोडमा छ। यतिखेर अध्यक्षमाथि प्रश्न उठाउने भन्दा पनि संगठनलाई एक ढिक्का बनाउने समय हो,’ उनले भने। ओलीले जोड दिए — नेतृत्व चयनको वैधानिक बाटो महाधिवेशन नै हो र त्यसको तयारी पहिले नै सुरु भइसकेको छ।
‘महाधिवेशन घोषणाभइसकेको छ, अब त्यही प्रक्रियामार्फत नयाँ नेतृत्वबारे निर्णय हुन्छ,’ उनको भनाइ थियो।

ओलीले अर्को महत्वपूर्ण कुरा पनि उठाए — कार्यकर्ता र जनताको आवाज केन्द्रीय तहसम्म पुर्‍याउन पार्टी असफल भएको।  ‘जनताको वास्तविक समस्या र असन्तुष्टि यहाँसम्म आइपुगेका छैनन्,’ उनले भने, ‘अब कार्यकर्ता र जनताका गुनासो सुन्ने अभियान सुरु गर्न आवश्यक छ।’

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: