रविन्द्र ढाँटले भारतमा म्याट्रिक्स फाइट नाइट (एमएफएन) जित्दै च्याम्पियन बेल्ट हात पारे

Hemraj Joshi
Hemraj Joshi
2025 August 3, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 1098 जनाले हेरेका छन्।
नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट (MFN) को उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएका छन्। शनिबार राति भारतको नोएडामा सम्पन्न एमएफएन–१७ मा ढाँटले टाइटल विजेता चुंगरेंग कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै बान्टमवेट श्रेणीको उपाधि हात
रविन्द्र ढाँटले भारतमा म्याट्रिक्स फाइट नाइट (एमएफएन) जित्दै च्याम्पियन बेल्ट हात पारे

काठमाडौं — नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट (MFN) को उपाधि जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएका छन्। शनिबार राति भारतको नोएडामा सम्पन्न एमएफएन–१७ मा ढाँटले टाइटल विजेता चुंगरेंग कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै बान्टमवेट श्रेणीको उपाधि हात पार्न सफल भएका हुन्।

ढाँटको यो व्यावसायिक करिअरको नवौं जित हो। यस ऐतिहासिक जितसँगै उनले एमएफएनको बान्टमवेट श्रेणीको च्याम्पियन बेल्ट पनि जितेका छन्। उनको फाइटले नेपाली खेलकुदप्रेमीमाझ ठूलो उत्साह र गौरवको लहर ल्याएको छ। नेपालका तर्फबाट एमएमए जस्तो चुनौतीपूर्ण खेलमा भारतमै गएर उपाधि जित्नु एउटा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

ढाँटको आक्रामक शैली र आत्मविश्वासले दर्शकको ध्यान खिचेको थियो, र तेस्रो राउन्डमै कोरेनलाई पन्छाएर उनले आफ्नो दमदार उपस्थिति प्रमाणित गरेका छन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: