माओवादी केन्द्रको मंगलबार बैठक, आठदलीय वाम एकता अनुमोदनको तयारी
काठमाडौं — नेकपा (माओवादी केन्द्र) ले मंगलबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकको मुख्य एजेन्डा आइतबार सम्पन्न भएको आठदलीय वाम एकता सम्झौतालाई औपचारिक स्वीकृति दिनु रहेको माओवादी केन्द्रले जनाएको छ।आइतबार हस्ताक्षर भएको १८ बुँदे सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका थिए।
त्यसैगरी, माओवादी केन्द्रका महासचिव चिरन पुन, समाजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, र साम्यवादी पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले पनि सहमतिमा हस्ताक्षर गरेका छन्।
एकतापछि बन्ने नयाँ दलले पाँच कुने तारालाई साझा चुनाव चिन्हका रूपमा लिने निर्णय गरेको छ । दलको आधिकारिक नाम भने अहिलेसम्म तय भइसकेको छैन। सहमति पत्र अनुसार, पार्टीको सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने उल्लेख छ ।
सहमतिको कार्यान्वयनका लागि बुधबार औपचारिक एकता घोषणा र बिहीबार संयुक्त केन्द्रीय समिति बैठक बस्ने तयारी भएको छ। नयाँ केन्द्रीय समितिमा ८ सयभन्दा बढी सदस्य रहने प्रारम्भिक आकलन गरिएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- राम कार्कीको आत्मस्वीकारोक्ति: हाम्रो पुस्ताले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न सकेन
- गगन थापाले पेस गरे कांग्रेस १५औं महाधिवेशनको नयाँ कार्यतालिका
- गोरखाबाट सामाजिक अभियन्ता निकोलस भुसाल पक्राउ परे
- ज्ञानेन्द्र शाहीको आग्रह: राप्रपा नेताहरूले फुट होइन, एकता देखाउनुपर्ने समय हो
- सुन र चाँदी दुवैको मूल्यमा गिरावट