आरजु राणाका भाइ भूषण राणाको घरमा सिआईबीको छापा
📊 यो समाचारलाई अहिलेसम्म 252 जनाले हेरेका छन्।
निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ तथा शेरबहादुर देउवाका सालो भूषण राणाको निवासमा आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। छापामा स्रोत नखुलेको रकम र ठूला आर्थिक लेनदेनसँग सम्बन्धित कागजात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। करिब एक महिनादेखि

निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ तथा शेरबहादुर देउवाका सालो भूषण राणाको निवासमा आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। छापामा स्रोत नखुलेको रकम र ठूला आर्थिक लेनदेनसँग सम्बन्धित कागजात नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
करिब एक महिनादेखि युरोपमा रहेका भूषण घरमा नरहेका बेला प्रहरी टोलीले कागजात सङ्कलन गरेको हो।ठेक्का र नियुक्तिमा डिल गर्ने तथा आरजु राणाको आर्थिक चलखेलमा संलग्न रहेको आरोप उनीमाथि पहिले देखिनै लाग्दै आएको थियो। सिआईबीले संकलित कागजातको अध्ययन अघि बढाइरहेको र प्रमाण पुष्टि भए कानुनी कारबाही हुने अधिकारीले बताएका छन्।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- ड्युटीमा खटिएका प्रहरीलाई गाली गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ
- ऐतिहासिक विजय : वेस्ट इन्डिजलाई हराउँदै नेपालले पहिलो पटक टी–२० सिरिज जित्यो
- नेपालको ऐतिहासिक जित : वेस्ट इन्डिज पराजित
- “ओलीको सनसनीपूर्ण दाबी: पाँच मिनेट ढिला भए, म मारिने थिएँ !”
- हर्क साम्पाङको माग : सुशीला कार्की राजीनामा दिनुपर्छ, म जेन्जीको माग पूरा गर्छु