९ महिना अन्तरिक्षमा बिताएका सुनिता विलियम्स र बुच विलमोर पृथ्वीमा फर्किए

काठमाडौं । झन्डै ९ महिना अन्तरिक्षमा बिताएका अमेरिकी अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोर अन्ततः सुरक्षित रूपमा पृथ्वी फर्किएका छन्। उनीहरू नेपाली समयअनुसार बिहान ३:४३ बजे फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गरे।
सन् २०२४ को जुन ५ मा परीक्षण यान स्टारलाइनर मार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) गएका यी अन्तरिक्षयात्री केवल ८ दिनका लागि जाने योजना थियो। तर, यानमा खराबी आएपछि उनीहरूको यात्रा ९ महिनासम्म लम्बियो।
बिबिसीका अनुसार, पृथ्वीको वायुमण्डलमा तीव्र गतिमा प्रवेश गरेसँगै चार वटा प्यारासुट खुलेर उनीहरूलाई सुरक्षित अवतरण गराइयो। पृथ्वी छोड्दा उनीहरूको अन्तरिक्ष यानको गति १७,००० माइल प्रतिघण्टा थियो, जसलाई केही मिनेटमै नियन्त्रण गरेर सुस्त पारियो।
अन्तरिक्षमा रहँदा सुनिता विलियम्स र बुच विलमोरले मतदान, क्रिस्मस डिनरको आनन्द लिएका थिए भने शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यास पनि गरेका थिए। लामो समय अन्तरिक्षमा बिताएपछि जब उनीहरू पृथ्वी फर्किए, उनीहरूको अनुहारमा मुस्कान देखिन्थ्यो।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- शेखर कोइरालाको भनाइ– मंसिरमै कांग्रेसको महाधिवेशन गरेर पार्टीलाई नयाँ ऊर्जामा रूपान्तरण गरौँ
- बजारमा फेरि सुन महँगियो, तोलाको दर २ लाख ५० हजार नाघ्यो
- जेनजी आन्दोलनमा रगत बग्यो, ओली अझै मौन छन्’: प्रचण्ड
- प्रधानमन्त्री सुशीला कार्कीको नाममा नक्कली आइडी बनाउनेमाथि साइबर ब्यूरो सक्रिय
- पहिले आफैं राजीनामा दिनुस्, तब मात्र नेतृत्वको कुरा गरौं”: एमाले नेतृ लक्ष्मी गौतमको चेतावनी