भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

Pushpa Tamang Shrestha
Pushpa Tamang Shrestha
2022 March 24, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 2050 जनाले हेरेका छन्।
काठमाडौं, चैत १० नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षले सभापतिले एकलौटी निर्णय गर्दै गए भ्रातृ संस्थामा समानान्तर समिति बनाउने चेतावनी दिएको छ । नेता कोइरालाले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संगठनका केही पूर्वनेतासहित सीमित केन्द्रीय सदस्यहरुलाई छलफलका लागि
भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर समूहको चेतावनी

काठमाडौं, चैत १०
नेपाली कांग्रेसमा डा. शेखर कोइराला पक्षले सभापतिले एकलौटी निर्णय गर्दै गए भ्रातृ संस्थामा समानान्तर समिति बनाउने चेतावनी दिएको छ ।

नेता कोइरालाले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संगठनका केही पूर्वनेतासहित सीमित केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका थिए । नेता शेखरको सम्पर्क कार्यालय बालुवाटारमा भएको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले एकतर्फी गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

देउवाले बुधबार मात्र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । त्यसको भोलिपल्ट बसेको शेखर समूहको बैठकले सभापति देउवाले १४ औं महाधिवेशनमा मत नदिनेलाई बाइपास गर्न खोजेको निष्कर्ष निकालेको छ । रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई अर्को समूहको नाम दिएर सभापतिले एकलौटी गरेको उनीहरुको दाबी छ ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: