अमेरिका र चीनका राजदूतको राजीनामा: लोकदर्शन रेग्मी र कृष्णप्रसाद ओलीले पद छाडे

Hemraj Joshi
Hemraj Joshi
2025 November 11, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 18 जनाले हेरेका छन्।
अमेरिकाबाट फिर्ता गरिएका राजदूत लोकदर्शन रेग्मी र चीनबाट फकाइएका राजदूत कृष्णप्रसाद ओलीले पदबाट राजीनामा दिएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीहरूले सोमबार औपचारिक रूपमा राजीनामा दिएका हुन्। यसअघि बेलायतबाट फर्काइएका राजदूत चन्द्रकुमार घिमिरेले पनि राजीनामा दिएका थिए। गत
अमेरिका र चीनका राजदूतको राजीनामा: लोकदर्शन रेग्मी र कृष्णप्रसाद ओलीले पद छाडे

अमेरिकाबाट फिर्ता गरिएका राजदूत लोकदर्शन रेग्मी र चीनबाट फकाइएका राजदूत कृष्णप्रसाद ओलीले पदबाट राजीनामा दिएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीहरूले सोमबार औपचारिक रूपमा राजीनामा दिएका हुन्।

यसअघि बेलायतबाट फर्काइएका राजदूत चन्द्रकुमार घिमिरेले पनि राजीनामा दिएका थिए। गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले तत्कालका लागि उनीहरूलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएपछि सरकारले उनीहरूलाई परराष्ट्र मन्त्रालयमा फिर्ता बोलाएको थियो।

राजीनामा नदिएका बाँकी ८ जना राजदूत—जापानका डा. दुर्गाबहादुर सुवेदी, जर्मनीका डा. शैल रूपाखेती, इजरायलका डा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल र स्पेनका सनिश नेपाल—ले भने मन्त्रालयमा नियमित हाजिर गर्दै फर्किने गरेका छन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: