एमाले आज देशभर ७५३ पालिकामा जनसभा गर्दै
नेपालभर आज नेकपा (एमाले) का कार्यकर्ताहरूले व्यापक जनसंपर्क अभियान सञ्चालन गर्दै ७५३ वटै स्थानीय तहमा जनसभा र प्रदर्शन गरिरहेका छन्। संविधानको रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सुरु गरिएको यो अभियान मंगलबार बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म चल्ने एमालेले जनाएको छ।
महासचिव शंकर पोखरेलको पाँच बुँदे निर्देशनअनुसार, प्रत्येक पालिकामा एमालेका स्थानीय नेताहरूले भेला, अन्तरक्रिया र प्रदर्शन कार्यक्रम सञ्चालन गरिरहेका छन्। पार्टीले यसलाई जनपरिचालन अभियानको दोस्रो चरणका रूपमा व्याख्या गरेको छ।
यसअघि एमालेले कात्तिक २२ गते वडा तहमा जनप्रदर्शन गरेको थियो भने अब आगामी कात्तिक २९ गते जिल्ला तहमा प्रदर्शन गर्ने तयारी छ। यसपछि मंसिर ६ गते काठमाडौंमा ठूलो जनप्रदर्शन गर्ने योजना रहेको पार्टीले जनाएको छ।एमालेले मंसिर ७ गते राजधानी काठमाडौंमा आफ्नो ११औं महाधिवेशनको उद्घाटन समारोहसँगै ठूलो जनसभा गर्ने तयारी समेत गरेको छ। पार्टीले यसलाई संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशानिर्देशनका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- स्थानीय बजारमा सुनको मूल्य पुनः उकालो, चाँदी पनि महँगिँदै
- प्रकाश शाह एमालेबाट अलग भएर प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारीमा
- दानबहादुर कार्की बने नेपाल प्रहरीका नयाँ आइजिपी
- अमेरिका र चीनका राजदूतको राजीनामा: लोकदर्शन रेग्मी र कृष्णप्रसाद ओलीले पद छाडे
- जिम्मेवारीमा फर्किए अनेरास्ववियु अध्यक्ष डा. सुजन कडरिया