एमालेका दुई कार्यक्रम: आज अनुमति नचाहिने, भोलि प्रशासनको पूर्ण सहजीकरण

खोज समाचार
खोज समाचार
2025 November 21, Friday
📊 यो समाचारलाई अहिलेसम्म 58 जनाले हेरेका छन्।
काठमाडौंमा शुक्रबार र शनिबार नेकपा (एमाले) ले दुई विशेष कार्यक्रम गर्ने भएको छ। शुक्रबार कार्की बैंक्वेटमा नेसनल भोलिन्टियर फोर्स घोषणा गरिँदैछ भने शनिबार भृकुटीमण्डपमा बागमती प्रदेश कमिटीले जनसभा गर्ने तयारी गरेको छ। प्रशासनले दुवै कार्यक्रमका लागि आवश्यक समन्वय मिलाइसकेको छ।
एमालेका दुई कार्यक्रम: आज अनुमति नचाहिने, भोलि प्रशासनको पूर्ण सहजीकरण

नेकपा (एमाले) काठमाडौंमा शुक्रबार र शनिबार दुई छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न थालेको छ। शुक्रबारको कार्यक्रम पार्टीको संगठन तथा संरचना विस्तारसँग जोडिएको छ भने शनिबार जनस्तरको सहभागिता रहनेछ। शुक्रबार बिहान ११ बजेदेखि कार्की बैंक्वेटमा आयोजना हुने कार्यक्रममा एमालेले नयाँ नेसनल भोलिन्टियर फोर्स सार्वजनिक गर्ने तयारी गरेको छ। सो फोर्सको घोषणा पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंले गर्नेछन्।

कार्यक्रम इनडोर हुने भएकाले औपचारिक अनुमति आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार, “हलभित्र कार्यक्रम गर्ने भनिएकोले छुट्टै अनुमति माग्नुपरेन।शनिबार भने बागमती प्रदेश कमिटीले काठमाडौंमै एक सार्वजनिक कार्यक्रम र शान्तिपूर्ण प्रदर्शन गर्ने योजना बनाएको छ।

यसका लागि एमालेले प्रशासनमा आवश्यक विवरणसहित निवेदन दिएको र प्रशासनले कार्यक्रम सहज बनाइदिने तयारी गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलले जानकारी दिएका थिए। सहायक प्रजिअ रिजालका अनुसार शनिबारको सभा भृकुटीमण्डपभित्र गर्ने गरी समन्वय पूरा भइसकेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: