रास्वपाको आजको केन्द्रीय समिति बैठक: १० मुख्य एजेन्डामा रणनीतिक छलफल

खोज समाचार
खोज समाचार
2025 November 19, Wednesday
📊 यो समाचारलाई अहिलेसम्म 46 जनाले हेरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दिउँसो चःमतिमा केन्द्रीय समिति बैठक बस्दैछ। समसामयिक राजनीति, सभापति रवि लामिछानेको मुद्दाको अद्यावधिक, विभिन्न कार्यदल विस्तार, रूपन्देही–३ का उम्मेदवारबारे समीक्षा र जेन–जी लक्षित अभियानका एजेन्डासहित १० विषयमा छलफल हुने छ।
रास्वपाको आजको केन्द्रीय समिति बैठक: १० मुख्य एजेन्डामा रणनीतिक छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दिउँसो महत्वपूर्ण केन्द्रीय समितिको बैठक बस्दैछ। पार्टी कार्यालय चःमतिमा दिउँसो २ बजे तय गरिएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीभित्र चलिरहेका रणनीतिक तयारीबारे विस्तृत छलफल हुनेछ।

प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार, बैठकको सुरुआत सभापति रवि लामिछाने सम्बन्धी चलिरहेको मुद्दाको कानुनी अद्यावधिकसहित संवाद तथा सहकार्य अभियानबारे ब्रिफिङबाट हुनेछ। यसअघि सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकमा उठेका विषय र प्रतिवेदनको आज पुनर्मूल्यांकन हुनेछ। आवश्यक परिमार्जनसँगै उक्त प्रतिवेदन अनुमोदन गर्ने एजेन्डा बैठकको मुख्य भागमा रहेको छ।

रास्वपाले चुनावी तयारीलाई सुदृढ बनाउन विभिन्न कार्यदल विस्तारका एजेन्डा अघि सारेको छ।

कार्यदलहरूले केन्द्रमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना–विशेष विश्लेषण प्रस्तुत गर्ने र केन्द्रीय समितिलाई समय–समयमा अद्यावधिक गराउने योजना बनाइएको छ।

रास्वपा विभिन्न राजनीतिक शक्ति, समूह र दलहरूको क्रियाकलाप निरन्तर अध्ययन गर्ने राजनीति अध्ययन कार्यदल गठनतर्फ पनि अघि बढ्दैछ। यसको जिम्मेवारी राजनीतिक परिवेशको विश्लेषण, केन्द्रमा प्रतिवेदन प्रस्तुत गर्ने र पार्टीलाई रणनीतिक सुझाव प्रवाह गर्ने रहनेछ।

आठौँ एजेन्डामा उम्मेदवार छनौट सिफारिस समिति विस्तारको प्रस्ताव राखिएको छ। सोही क्रममा रूपन्देही–३ का लागि डा. लेखजंग थापाको उम्मेदवारीबारे थप छलफल अपेक्षित छ। रास्वपाले युवालाई लक्षित ‘जेन–जी अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ। अभियानका उद्देश्य, संरचना र कार्यविधिबारे आजको बैठकले ठोस योजना बनाउने बताइएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: