जेनजी आन्दोलनका क्षति विवरण संकलनमा सबै स्थानीय तह सक्रिय हुन मन्त्रालयको आह्वान

खोज समाचार
खोज समाचार
2025 November 16, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 60 जनाले हेरेका छन्।
जेनजी आन्दोलनका क्रममा देशभर भएका क्षतिको विस्तृत विवरण संकलन गर्न सरकारले सबै ७५३ स्थानीय तहलाई अनलाइन पोर्टलमार्फत तथ्यांक पठाउन निर्देशन दिएको छ। पुनर्निर्माण योजना तयार गर्न आवश्यक डाटा एकै ढाँचामा उपलब्ध गराउन मन्त्रालयले तिब्र रूपमा स्थानीय तहको सहयोग मागेको छ।
जेनजी आन्दोलनका क्षति विवरण संकलनमा सबै स्थानीय तह सक्रिय हुन मन्त्रालयको आह्वान

जेनजी आन्दोलनका दौरान देशभर विभिन्न ठाउँमा भएको क्षति सम्बन्धी विस्तृत विवरण संकलन गर्न सरकारले सबै स्थानीय तहलाई औपचारिक रूपमा अनुरोध गरेको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि ठोस तथ्यांक आवश्यक परेकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहलाई पत्र पठाउँदै अनिवार्य रूपमा क्षतिको डाटा उपलब्ध गराउन आग्रह गरेको छ ।

कात्तिक २७ गते मन्त्रालयले पठाएको पत्रमा आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको विवरण विशेष रूपमा तयार गरिएको अनलाइन पोर्टलमार्फत भर्न निर्देशन गरिएको छ। स्थानीय तहले आफूअन्तर्गतका कार्यालय, संरचना तथा प्रभावित क्षेत्रका विवरण एउटै मोडेलमा प्रविष्ट गर्नुपर्ने उल्लेख छ।

सरकारले आंदोलनपछि पुनर्निर्माण तथा मर्मतसम्भारका काम व्यवस्थित ढंगले अघि बढाउन सटिक तथ्यांक अनिवार्य भएको बताउँदै विवरण अभावमा छुटिएको कुनै पनि क्षतिको जानकारी तुरुन्त पोर्टलमार्फत अपडेट गर्न आग्रह गरेको छ।

यसअघि, गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनका कारण भएको भौतिक, आर्थिक तथा संरचनागत क्षतिको मूल्यांकन गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिले तथ्यांक व्यवस्थापन सहज बनाउन अनलाइन पोर्टल विकास गरी स्थानीय तहलाई प्रयोगमा ल्याउन निर्देशन दिएको थियो।

मन्त्रालयका अनुसार, तथ्यांक संकलन एकरूप, पारदर्शी र छिटो हुने उद्देश्यले केन्द्रबाटै पोर्टल बनाइएपछि अब स्थानीय तहले सीधै त्यहाँ डेटा अपलोड गर्न सक्नेछन्। सरकारले उपलब्ध गराइने तथ्यांकका आधारमा पुनर्निर्माण तथा आवश्यक बजेट व्यवस्थापनको कार्ययोजना तयार गर्ने योजना बनाएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: