आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
📊 यो समाचारलाई अहिलेसम्म 83 जनाले हेरेका छन्।
आइतबार पनि नेपाली बजारमा सुनको मूल्य २०० रूपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार ६ सय रूपैयाँ पुगेको छ। यता चाँदीको मूल्य ५ रूपैयाँले घटेर ३ हजार १५ रूपैयाँमा झरेको छ।
काठमाडौं — आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ लाख ३८ हजार ६ सय रूपैयाँमा सुन कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य २ लाख ३८ हजार ४ सय रूपैयाँ थियो। आज २०० रूपैयाँले बढेको हो।
यता चाँदीको मूल्य भने घटेको छ। अघिल्लो कारोबारको तुलनामा ५ रूपैयाँले घटेर आइतबार प्रतितोला ३ हजार १५ रूपैयाँमा झरेको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री
- रास्वपाको सौराहा बैठक दोस्रो दिन प्रवेश, हस्ताक्षर अभियानको प्रतिवेदन पेस
- हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालको ऐतिहासिक जित — भारत ९२ रनले पराजित
- मतदाता नामावली दर्तामा देखियो व्यापक सहभागिता, आयोगले गर्यो धन्यवाद ज्ञापन