सिमरा घटनापछि प्रधानमन्त्री कार्कीको कडा निर्देश

Hemraj Joshi
Hemraj Joshi
2025 November 20, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 44 जनाले हेरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको झडपलाई "अत्यन्तै दुखद" भन्दै लोकतान्त्रिक व्यवस्थामा यस्तो अराजकता स्वीकार्य नभएको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीले
सिमरा घटनापछि प्रधानमन्त्री कार्कीको कडा निर्देश

प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको झडपलाई “अत्यन्तै दुखद” भन्दै लोकतान्त्रिक व्यवस्थामा यस्तो अराजकता स्वीकार्य नभएको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्रीले युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकार कर्तव्यबद्ध रहेको स्पष्ट पार्नुभयो। हिजो सिमरा विमानस्थल गेट अगाडि एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप हुँदा तनाव चर्केपछि कर्फ्यु आदेश जारी गर्नु परेकाले स्थिति संवेदनशील बनेको थियो।

एमालेले आफ्नै कार्यक्रम भाँड्न जेनजी युवाहरूले अवरोध गरेको आरोप लगाएको छ भने जेनजी प्रतिनिधिहरूले उल्टै आफूहरूले एमाले कार्यकर्ताबाट कुटपिट र दुर्व्यवहार भोगेको दाबी गरेका छन्।

स्थिति सामान्यीकरणका लागि प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई उच्च सतर्कता, संयम र पूर्ण तयारीसहित शान्ति–सुरक्षा कायम गर्न, राजनीतिक नेतृत्वको सुरक्षित आवतजावत सुनिश्चित गर्न तथा आगामी निर्वाचनलाई निष्पक्ष र भयमुक्त बनाउने वातावरण निर्माणमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: