होटलमा शपथ विवाद : सात दलको संयुक्त प्रतिवाद, अदालतमा चुनौती दिने तयारी
मधेस प्रदेशको राजनीतिक संकट अझ गहिरिँदै गएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले दलका नेता सरोजकुमार यादवलाई होटलमा शपथ गराउँदै मुख्यमन्त्री बनाएको निर्णयको विरोधमा सात दल संयुक्त रूपमा अदालत जान तयार भएका छन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत दलहरूले सोमबार संयुक्त बैठक बसी उक्त निर्णयलाई “गैरसंवैधानिक” भन्दै चुनौती दिने निर्णय गरेका हुन्। बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले भने, “प्रदेश प्रमुखबाट संविधानको मर्ममाथि प्रहार भएको छ। हामी अदालत र जनताको अदालत दुवैमा जानेछौं।”
दलहरूको दाबी अनुसार संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने आधार तयार भइसकेको अवस्थामा प्रदेश प्रमुखले हतारमा १६८ (३) अन्तर्गतको प्रक्रिया अघि बढाएर एमालेका यादवलाई नियुक्त गर्नु संवैधानिक व्यवस्थाको उल्लङ्घन हो।
सोमबार बिहानै सात दलका कार्यकर्ताहरूले जनकपुरस्थित मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदर्शन गरे। केही कार्यकर्ताले कार्यालय परिसरमा ताल्चा समेत हानेका थिए। प्रदेश प्रमुख भण्डारीले अघिल्लो दिनको मिति राखेर बर्दिबासको होटलमा शपथ समारोह आयोजना गरेकी थिइन्, जसमा यादवले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका थिए।
सो घटनालाई विपक्षी दलहरूले “राजनीतिक नाटक” र “संवैधानिक अपमानका रूपमा व्याख्या गरेका छन्। अब सात दलले संयुक्त रूपमा संवैधानिक व्याख्याका लागि सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेका छन्। दलहरूका अनुसार यो कदम “संविधानको संरक्षण र प्रदेशको राजनीतिक मर्यादा पुनःस्थापना” का लागि भएको हो।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- सोमबार सुनको मूल्यमा वृद्धि, चाँदीको दरमा गिरावट
- मधेसमा राजनीतिक मर्यादा उल्लङ्घन : विश्वप्रकाश शर्माको सरकार गठनप्रति कडा आपत्ति
- महामन्त्री गगन थापाको स्पष्ट सन्देश: कांग्रेस चुनावमै जान्छ, कुनै अलमल छैन
- एमाले फर्कने तयारीमा रामकुमारी झाँक्री र उनका सहकर्मी नेता
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं