मृत्युदण्डपछि हसिनाको कडा प्रतिक्रिया: यो राजनीतिक बदला मात्र हो
बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नाविरुद्ध सुनाइएको मृत्युदण्डको फैसलालाई तीव्र प्रतिक्रिया दिएकी छन्। विशेष रुपमा उनको मुद्दामात्रै हेर्न स्थापना गरिएको न्यायिक संरचनाले हसिनालाई तीन विभिन्न आरोपमा दोषी ठहर गर्दै मृत्यु दण्ड तोकेको थियो।
तर हसिना यो आदेशलाई न्यायिक भन्दा पनि राजनीतिक उद्देश्यका लागि तयार गरिएको योजना भन्दै अस्वीकार गर्छिन्। भारतीय दैनिक हिन्दुस्तान टाइम्स का अनुसार उनले यो निर्णयलाई “पूर्वनिर्धारित, नियोजित र बदला लिन बनाइएको” भनिन। हसिना विगत वर्षदेखि भारतको संरक्षणमा छन्।
उनी प्रधानमन्त्री रहेका बेला बंगलादेशभर फैलिएको विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि परिस्थितिलाई नियन्त्रणमा राख्ने प्रयासका क्रममा बल प्रयोग भएको आरोप उनीमाथि लागेको थियो। सरकारले नियन्त्रण गुमाएको त्यस आन्दोलनमा १,४०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको र २५ हजारभन्दा बढी घाइते भएको तथ्यांक सार्वजनिक भएको थियो।
त्यसपछि स्थिति चर्किँदै जाँदा हसिना देश छाडेर भारततर्फ लागेकी थिइन्। अभियोजन पक्षले हत्यासम्बन्धी मुद्दादेखि लिएर उक्साहट, हिंसा रोक्न असफल, र बल प्रयोगको जिम्मेवारीसमेत हसिनामाथि थुपारेको थियो। यी नै आधारमा बंगलादेश सरकारले पहिले नै पक्राउ पुर्जी जारी गरिसकेको थियो। ती सबै मुद्दामा अदालतले हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो।
फैसला सार्वजनिक भएपछि हसिनाले आफ्नो धारणा राख्दै भनिन्—
-
यो कानुनी होइन,
-
यो प्रतिशोध हो,
-
र यो निर्णय पहिले नै लेखिएको स्क्रिप्ट जस्तै हो।
उनको टोलीले पनि मुद्दा चलाउने तरिका, प्रमाणको चयन र अदालतको संरचनाबीच निकै गम्भीर प्रश्न उठाउँदै आएको छ।