इजरायलले १५ जना स्वास्थ्यकर्मीको मृत्युमा गल्ती स्वीकार, प्रधानमन्त्रीको भनाइ: सैनिकहरूले त्रुटि गरे

खोज समाचार
खोज समाचार
2025 April 21, Monday
📊 यो समाचारलाई अहिलेसम्म 789 जनाले हेरेका छन्।
इजरायलले गत महिना गाजामा १५ जना स्वास्थ्यकर्मीको मृत्यु भएको घटनामा आफ्ना सैनिकहरूको गल्ती स्वीकार गरेको छ। इजरायली रक्षा बल (IDF) ले सैनिकहरूले व्यावसायिक त्रुटि गरेको बताउँदै, घटनामा संलग्न एक अधिकारीलाई बर्खास्त गरिएको जानकारी दिएको छ। इजरायली सेनाले मार्च
इजरायलले १५ जना स्वास्थ्यकर्मीको मृत्युमा गल्ती स्वीकार, प्रधानमन्त्रीको भनाइ: सैनिकहरूले त्रुटि गरे

Israeli Prime Minister Benjamin Netanyahu attends a joint news conference with U.S. Secretary of State Marco Rubio at the Prime Minister's office in Jerusalem, Israel, Sunday, Feb. 16, 2025. (AP Photo/Ohad Zwigenberg,Pool)

इजरायलले गत महिना गाजामा १५ जना स्वास्थ्यकर्मीको मृत्यु भएको घटनामा आफ्ना सैनिकहरूको गल्ती स्वीकार गरेको छ। इजरायली रक्षा बल (IDF) ले सैनिकहरूले व्यावसायिक त्रुटि गरेको बताउँदै, घटनामा संलग्न एक अधिकारीलाई बर्खास्त गरिएको जानकारी दिएको छ।

इजरायली सेनाले मार्च २३ मा एम्बुलेन्स, दमकल ट्रक र संयुक्त राष्ट्रसंघको गाडीमा गोली प्रहार गरेको थियो। सो घटनामा १५ जनाको मृत्यु भएको थियो। पछि इजरायलले तीमध्ये छ जना हमासका सदस्य रहेको दाबी गरेको थियो। यद्यपि, इजरायलको अनुसन्धान प्रतिवेदनमा सैनिकहरूले सैन्य आचारसंहिताको उल्लङ्घन नगरेको उल्लेख गरिएको छ।


गाजामा इजरायली आक्रमण: ९० जनाको मृत्यु

शुक्रबार बिहान गाजामा इजरायली हवाई आक्रमणका कारण हालसम्म ९० जनाको मृत्यु भएको छ भने सयौं मानिस घाइते भएका छन्। गाजा सरकारका अनुसार, पछिल्ला १८ महिनाको लडाइँमा गाजामा ६१ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।यसैबीच, संयुक्त राष्ट्रसंघले गाजामा हजारौं मानिस भोकमरीको उच्च जोखिममा रहेको चेतावनी दिएको छ।

निरन्तर इजरायली गोलाबारी, हवाई आक्रमण र नाकाबन्दीका कारण गाजावासीहरू मानसिक रूपमा अत्यन्त पीडित छन्। धेरै परिवारहरू आफ्ना बालबालिकालाई पर्याप्त खाना खुवाउन संघर्ष गरिरहेका छन्।समाचार एजेन्सी वाफाका अनुसार इजरायली सैनिकहरूले वेस्ट बैंकको हेब्रोनस्थित फावर शरणार्थी शिविरमा छापा मारी आठ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेका छन्। सैनिकहरूले शिविरका धेरै घरहरूमा छापा मार्दै सम्पत्तिमा क्षति पुर्‍याएका थिए र तोडफोड गरेका थिए।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: