हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालको ऐतिहासिक जित — भारत ९२ रनले पराजित
हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई ९२ रनले पराजित गर्दै शानदार जित हासिल गरेको छ। यो जितसँगै प्रतियोगितामा नेपालको पहिलो विजय पनि भएको छ।
पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाई १३७ रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि रसिद खानले ५५ रन, सन्दीप जोराले ४७ रन, र लोकेश बमले ३१ रनको उत्कृष्ट योगदान दिए। जवाफमा भारत मात्र तीन ओभरमै ४५ रनमा अलआउट भयो। उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले समान १२–१२ रन बनाए भने रोविन उथप्पाले ५ र दिनेश कार्तिक तथा सहबाज नदिमले समान ७–७ रन बनाए।
नेपालका तर्फबाट रसिद खानले तीन विकेट, र रुपेश सिंह तथा बसिर अहमदले समान दुई–दुई विकेट लिए। यसअघि समूह चरणमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेट, श्रीलङ्कासँग ३ विकेट, र अफगानिस्तानसँग पनि पराजित भएको थियो। भारतविरुद्धको यो जितसँगै नेपाली टोलीले प्रतियोगितामा आत्मबल पुनः प्राप्त गरेको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- रास्वपाको सौराहा बैठक दोस्रो दिन प्रवेश, हस्ताक्षर अभियानको प्रतिवेदन पेस
- मतदाता नामावली दर्तामा देखियो व्यापक सहभागिता, आयोगले गर्यो धन्यवाद ज्ञापन
- पूर्वमन्त्री अफताब आलमको निधन
- शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि
- मंसिर २७ देखि सुरू हुने ११औं महाधिवेशन राष्ट्रको भविष्यको मोड बन्नेछ: विष्णु पौडेल