सुन–चाँदीको मूल्य नयाँ रेकर्डमा, सोमबार दुवैको भाउ बढ्यो
📊 यो समाचारलाई अहिलेसम्म 129 जनाले हेरेका छन्।
स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ। सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ भने चाँदी पनि ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण सुनको मूल्य बढिरहेको छ।
चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदी सोमबार ४५ रुपैयाँले बढेर ३ हजार ८ सय ७० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि अहिलेसम्मकै उच्च हो।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
ताजा समाचार
- राष्ट्रियसभा बैठक पुस दोस्रो साता बस्ने, अध्यक्ष दाहालको भनाइ
- बम विस्फोट प्रकरणमा श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
- बहुविवाह मुद्दाको पृष्ठभूमिमा एमाले महाधिवेशनबाट पासाङ शेर्पाको उम्मेदवारी अमान्य
- केन्द्रीय सदस्य उम्मेदवारका पक्षमा गायिका ज्योति मगरको खुला समर्थन
- सुनको मूल्य घट्यो, चाँदी नयाँ उच्चमा