सुन–चाँदीको मूल्य सोमबार सानो मात्रामा बढ्यो

खोज समाचार
खोज समाचार
2025 November 17, Monday
📊 यो समाचारलाई अहिलेसम्म 45 जनाले हेरेका छन्।
सोमबार स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य सानो मात्रामा बढ्दा सुन प्रति तोला ५ सय र चाँदी २० रूपैयाँले महँगिएको छ।
सुन–चाँदीको मूल्य सोमबार सानो मात्रामा बढ्यो

स्थानीय बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्यमा सानो वृद्धि भएको छ। आइतबार ठूलो मात्रामा गिरावट आएको सुन सोमबार ५ सय रूपैयाँ बढेर प्रति तोला २ लाख ४३ हजार ३ सय रूपैयाँ पुगेको छ। आइतबार यसको मूल्य २ लाख ४२ हजार ८ सय रूपैयाँ थियो।

चाँदीको मूल्य पनि आज २० रूपैयाँ बढेको छ। सोमबार चाँदी प्रति तोला ३ हजार १ सय ५५ रूपैयाँ मा कारोबार भयो, जुन आइतबार ३ हजार १ सय ३५ रूपैयाँ थियो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: