मिथिलाको स्वरबाट संसदसम्म: मैथिली ठाकुर बने २५ वर्षकी बिहारकी सबसे कम उमेरकी सांसद
भारतको बिहार राज्यले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने एउटा ऐतिहासिक क्षण पाएको छ। चर्चित लोकगायिका मैथिली ठाकुर २५ वर्षको उमेरमै बिहार विधानसभामा प्रवेश गर्दै राज्यकै ‘सबैभन्दा कान्छी सांसद’ बन्ने निश्चित भएको छ। दरभंगाको अलिनगर क्षेत्रबाट प्रतिस्पर्धा गरेकी ठाकुरले भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट अत्यन्तै प्रभावशाली जित हासिल गरिन्।
उनले ८४ हजार ९१५ मत ल्याएर राष्ट्रिय जनता दल (आरजेडी)का उम्मेदवार विनोद मिश्रलाई स्पष्ट अन्तरले पछि पारिन्। मिश्राले ७३ हजार १८५ मत पाएका थिए। चुनावअघि केही समयमै भाजपा प्रवेश गरेकी ठाकुरको उम्मेदवारीलाई भारतभर चर्चाको विषय बनेको थियो।
सिर्फ २५ वर्षमै विधानसभामा पुगेर ठाकुरले बिहारको राजनीतिमा नयाँ ढंगको ऊर्जा भरेकी छन्। यसअघि २००५ मा तौसिफ आलम र २०१५ मा तेजस्वी यादव जस्ता केही युवाहरूले मात्र यति कम उमेरमा सांसद बन्न सफल भएका थिए।मैथिलीको विजयले कला, संस्कृति र डिजिटल माध्यमबाट जनप्रियता बनाएका युवाहरू पनि राजनीतिक नेतृत्वमा अघि बढ्न सक्ने स्पष्ट संकेत दिएको छ।
संगीतबाट सुरुआत, जनमानसको भरोसासम्मको यात्रा मैथिली ठाकुर केवल एक गायिका होइनन्—उनी अहिले भारतीय युवापुस्ताका लागि ‘सांस्कृतिक प्रतीक’ बनीसकेकी छिन्। भारतीय दैनिक हिन्दुस्तान टाइम्सका अनुसार, उनी लोकसंगीतमार्फत नयाँ पुस्तालाई परम्परासँग जोड्न सकेकी कलाकारको रूपमा चिनिन्छिन्।
सन् २००० जुलाई २५ मा मधुबनीमा जन्मेकी ठाकुरले बाल्यकालमै बुबा र हजुरबुबाबाट शास्त्रीय र लोक संगीत सिक्न थालिन। उनी संगीतको छात्रवृत्ति पाएर बाल भवन इन्टरनेशनल स्कुल हुँदै औपचारिक शिक्षा पूरा गरेकी थिइन्। यद्यपि ‘सा रे ग म प लिटल च्याम्प्स’ र ‘इन्डियन आइडल जुनियर’ जस्ता कार्यक्रमहरूमा सुरुआत राम्रो नभए पनि, तर २०१७ को ‘राइजिङ स्टार’ मा पहिलो रनर-अप बनेपछि उनको लोकप्रियता देशभर फैलियो।
उनी सामाजिक सञ्जाल—विशेषगरी फेसबुक र युट्युब—मार्फत मैथिली भाषामा भजन र लोकगीत सार्वजनिक गर्न थालिन्। उनी बनाएको गीतहरू भारतसहित विश्वभरका दर्शकले मनपराए, र उनका भजन तथा लोकगीतहरू करोडौँ पटक हेरिन्छन्। उनी नेपालको तराई–मधेश, विशेषगरी मिथिला क्षेत्रमा, अत्यन्तै लोकप्रिय छिन्। सन् २०२३ मा उनी जनकपुरस्थित जानकी मन्दिर पुगेकी बेलामा ठूलो संख्यामा भक्तहरूले स्वागत गरेका थिए।
सन् २०२१ मा उनलाई भारतको प्रतिष्ठित ‘उस्ताद बिस्मिल्ला खान युवा पुरस्कार’ प्रदान गरिएको थियो। यसअघि भारतीय निर्वाचन आयोगले उनलाई बिहार ‘स्टेट आइकन’ को रूपमा पनि चयन गरेको थियो। सन् २०२४ मा उनले अजय देवगन र तब्बू अभिनीत चलचित्र ‘औरों में कहाँ दम था’ का लागि ‘किसी रोज’ बोलको गीत गाएर बलिउडमा पनि आवाज भरेकी थिइन्।
अब उनी कला र संस्कृतिका जगतबाट अघि बढेर प्रत्यक्ष जनप्रतिनिधि बनेकी छन्। उनी विधानसभामा पुगेसँगै युवापुस्ताको आवाज, सांस्कृतिक पहिचान, र विकासका मुद्दामा उनीबाट सक्रिय भूमिकाको अपेक्षा गरिएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- निर्णयमा ढिलाइबारे उठेको प्रश्नबीच कांग्रेस कार्यवाहक अध्यक्ष खड्काको संयमको आग्रह
- रुपन्देहीमा मतदाता दर्ताको रेकर्ड वृद्धि: यसपालि थपिए झन्डै साढे १० हजार नयाँ नाम
- भारतको नौगाम प्रहरी चौकीमा डरलाग्दो विस्फोट, ७ को मृत्यु – ३० बढी घाइते
- रास्वपा छोडेर सन्तोष परियार नयाँ ‘प्रगतिशील राष्ट्रिय अभियान’मा
- अहिराज प्रकरणमा सर्वोच्च सक्रिय: थुनामै रहेका पूर्वप्रदेश प्रमुखको मिसिल झिकाउन आदेश