शुक्रबार सुन–चाँदी दुबैको भाउ घट्यो

खोज समाचार
खोज समाचार
2025 November 14, Friday
📊 यो समाचारलाई अहिलेसम्म 142 जनाले हेरेका छन्।
शुक्रबार स्थानीय बजारमा सुन–चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। महासंघले सार्वजनिक गरेको दरअनुसार सुन प्रतितोला पाँच सयले घटेर २ लाख ४९ हजार ७ सय रूपैयाँ पुगेको छ भने चाँदी पनि ६० रूपैयाँले कम भई ३ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुन–चाँदी दुबैको भाउ घट्यो

काठमाडौँ — शुक्रबार स्थानीय बजारमा सुन–चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ सूचीअनुसार आज सुनको भाउ प्रतितोला पाँच सय रूपैयाँले घटेर २ लाख ४९ हजार ७ सय रूपैयाँमा पुगेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको थियो।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६० रूपैयाँले कम भएको छ। बिहीबार ३ हजार ३४५ रूपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: