छिटो बढ्दै मतदाताको संख्या, ६ लाख नयाँ नागरिक दर्ता

खोज समाचार
खोज समाचार
2025 November 18, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 47 जनाले हेरेका छन्।
निर्वाचन आयोगले देशभर जारी मतदाता नामावली अद्यावधिकमा ६ लाख २० हजारभन्दा बढी नयाँ मतदाता थपिएको जनाएको छ। आयोगका कार्यालयमा गएर फोटो खिचाएर दर्ता गराउने र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीमार्फत नाम सूचीकृत हुने दुवै माध्यमबाट दर्ता संख्या तीव्र रूपमा बढेको आयोगले जनाएको छ।
छिटो बढ्दै मतदाताको संख्या, ६ लाख नयाँ नागरिक दर्ता

देशभर मतदाता नामावली अद्यावधिक अभियान जारी रहँदा निर्वाचन आयोगमा नयाँ मतदाता दर्ताको संख्या उल्लेखनीय रूपमा बढेको छ। आयोगका अनुसार सोमबार रातिसम्म ६ लाख २० हजारभन्दा बढी नयाँ नागरिकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो नाम सूचीकरण गराएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगका कार्यालयहरुमा प्रत्यक्ष उपस्थित भई ३ लाख ११ हजार ४१५ जनाले फोटो खिचाएर दर्ता प्रक्रिया पूरा गरेको जानकारी दिए। उनका अनुसार दर्ता केंद्रहरूमा पुग्ने भीड पछिल्ला दिनमा झनै बढ्न थालेको छ।

प्रत्यक्ष रूपमा कार्यालय जान नसक्नेका लागि राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण पनि दर्ता प्रक्रियामा सहयोगी बनेको छ। सोही माध्यममार्फत ३ लाख ८ हजार ५८५ जना मतदाता नामावलीमा समावेश भएका छन्।आयोगका अधिकारीहरूका अनुसार नागरिकहरूले राष्ट्रिय परिचयपत्र बनाउँदा दिएको बायोमेट्रिक विवरणलाई मतदाता नामावलीसँग जोड्नुले समय र स्रोत दुबै बचत भएको छ।

अहिलेसम्मको दर्ता दरलाई हेर्दा अझ धेरै नयाँ मतदाता थपिने आयोगको अनुमान छ। त्यसैका लागि मतदाता नामावली अद्यावधिकको समयसीमा मंसिर ५ गतेसम्म लम्ब्याइएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा १८ वर्ष पूरा गरेका सबै नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था रहेको छ। आयोगले योग्य सबै नागरिकलाई समयमै दर्ता गरिदिन आग्रह गरेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: