कांग्रेसको पटक–पटक सारिएको केन्द्रीय समिति बैठक आज निर्णायक मोडमा

खोज समाचार
खोज समाचार
2025 November 20, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 47 जनाले हेरेका छन्।
नेपाली कांग्रेसको पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्दैछ। महाधिवेशन कहिले गर्ने भन्नेबारे पार्टीभित्रको गहिरो मतभेदका कारण अहिलेसम्म एकमत निर्णय हुन सकेको छैन। सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र अन्य नेताबीच सहमति जुट्न नसक्दा बैठक निरन्तर सारिंदै आएको हो।
कांग्रेसको पटक–पटक सारिएको केन्द्रीय समिति बैठक आज निर्णायक मोडमा

नेपाली कांग्रेसले पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठक आज फेरि बस्दैछ। दिउँसो २ बजे सुरू हुने बैठकले पार्टीभित्र केही समयदेखि बल्झिँदै आएको विवाद समाधानतर्फ मार्गनिर्देशन खोज्ने अपेक्षा छ। सोमबारका लागि तय भएको बैठक सहमति नजुटेपछि आजका लागि सारिएको थियो।

असोज २८ गतेदेखि निरन्तररूपमा चलिरहेको छलफलले कुनै निर्णयमा पुग्न नसकेपछि नेतृत्वले फेरि एकपटक सबै केन्द्रीय सदस्यलाई भेला गराउन लागेको हो। पार्टीभित्रको मुख्य विवाद महाधिवेशनको समयलाई लिएर रहेको छ।

यही दुई धारबीचको तानातानका कारण केन्द्रीय समितिबाट एकमत निर्णय निकाल्न नेतृत्वमाथि थप दबाब बढेको छ। सिंगापुरबाट उपचार गराई फर्किएपछि सभापति देउवाले पार्टीभित्र बढ्दै गएको मतभेद न्युनिकरणका लागि सक्रिय भूमिका खेल्दै आएका छन्। उनले गत शनिबार र आइतबार शीर्ष नेताहरूसँग अनौपचारिक छलफलसमेत गरेका थिए। तर अपेक्षित सहमति जुट्न नसकेको कारण सोमबारको बैठक सारेर आजका लागि पुनः बोलाइएको हो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: