सुनको भाउ आज एकैदिन तीन हजार सात सय रुपैयाँले घट्यो

खोज समाचार
खोज समाचार
2025 May 12, Monday
📊 यो समाचारलाई अहिलेसम्म 384 जनाले हेरेका छन्।
नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३,७०० रुपैयाँ घटेर १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोही सुनको मूल्य १ लाख
सुनको भाउ आज एकैदिन तीन हजार सात सय रुपैयाँले घट्यो

काठमाडौँ — नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३,७०० रुपैयाँ घटेर १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोही सुनको मूल्य १ लाख ९० हजार ५०० रुपैयाँ थियो।

यसैबीच, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन तोलामा १ हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ। यस मूल्य परिवर्तनको कारण अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय आपूर्ति-डिमाण्डको प्रभाव रहेको विश्लेषण गरिएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: