इजरायलले १५ जना स्वास्थ्यकर्मीको मृत्युमा गल्ती स्वीकार, प्रधानमन्त्रीको भनाइ: सैनिकहरूले त्रुटि गरे

Israeli Prime Minister Benjamin Netanyahu attends a joint news conference with U.S. Secretary of State Marco Rubio at the Prime Minister's office in Jerusalem, Israel, Sunday, Feb. 16, 2025. (AP Photo/Ohad Zwigenberg,Pool)
इजरायलले गत महिना गाजामा १५ जना स्वास्थ्यकर्मीको मृत्यु भएको घटनामा आफ्ना सैनिकहरूको गल्ती स्वीकार गरेको छ। इजरायली रक्षा बल (IDF) ले सैनिकहरूले व्यावसायिक त्रुटि गरेको बताउँदै, घटनामा संलग्न एक अधिकारीलाई बर्खास्त गरिएको जानकारी दिएको छ।
इजरायली सेनाले मार्च २३ मा एम्बुलेन्स, दमकल ट्रक र संयुक्त राष्ट्रसंघको गाडीमा गोली प्रहार गरेको थियो। सो घटनामा १५ जनाको मृत्यु भएको थियो। पछि इजरायलले तीमध्ये छ जना हमासका सदस्य रहेको दाबी गरेको थियो। यद्यपि, इजरायलको अनुसन्धान प्रतिवेदनमा सैनिकहरूले सैन्य आचारसंहिताको उल्लङ्घन नगरेको उल्लेख गरिएको छ।
गाजामा इजरायली आक्रमण: ९० जनाको मृत्यु
शुक्रबार बिहान गाजामा इजरायली हवाई आक्रमणका कारण हालसम्म ९० जनाको मृत्यु भएको छ भने सयौं मानिस घाइते भएका छन्। गाजा सरकारका अनुसार, पछिल्ला १८ महिनाको लडाइँमा गाजामा ६१ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।यसैबीच, संयुक्त राष्ट्रसंघले गाजामा हजारौं मानिस भोकमरीको उच्च जोखिममा रहेको चेतावनी दिएको छ।
निरन्तर इजरायली गोलाबारी, हवाई आक्रमण र नाकाबन्दीका कारण गाजावासीहरू मानसिक रूपमा अत्यन्त पीडित छन्। धेरै परिवारहरू आफ्ना बालबालिकालाई पर्याप्त खाना खुवाउन संघर्ष गरिरहेका छन्।समाचार एजेन्सी वाफाका अनुसार इजरायली सैनिकहरूले वेस्ट बैंकको हेब्रोनस्थित फावर शरणार्थी शिविरमा छापा मारी आठ जना प्यालेस्टिनी नागरिकलाई पक्राउ गरेका छन्। सैनिकहरूले शिविरका धेरै घरहरूमा छापा मार्दै सम्पत्तिमा क्षति पुर्याएका थिए र तोडफोड गरेका थिए।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
ताजा समाचार
- उपाध्यक्ष राजकुमार लामा निलम्बनमा, हर्क साम्पाङले सार्वजनिक गरे कडा सन्देश
- राष्ट्रियसभा बैठक पुस दोस्रो साता बस्ने, अध्यक्ष दाहालको भनाइ
- बम विस्फोट प्रकरणमा श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
- बहुविवाह मुद्दाको पृष्ठभूमिमा एमाले महाधिवेशनबाट पासाङ शेर्पाको उम्मेदवारी अमान्य
- केन्द्रीय सदस्य उम्मेदवारका पक्षमा गायिका ज्योति मगरको खुला समर्थन