यू–१९ एसिया छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ चीनलाई ९ विकेटले हरायो
काठमाडौं, — राजधानीमा जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ। बुधबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङ चीनलाई ९ विकेटले पराजित गर्दै रनरेटमा पनि उल्लेखनीय सुधार गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङ चीनले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ११५ रन मात्र बनाउन सक्यो। हङकङका लागि शिव माथुरले संयमित पारी खेल्दै ११६ बलमा ४ चौकासहित सर्वाधिक ६३ रन बनाए। अन्य ब्याट्सम्यानहरू भने दोहोरो अंकमा टिक्न सकेनन्। आर्य पंजवानीले १३ रन, वीर माथुरले १२ रन र ह्यारी थोमस होड्सनले १० रन बनाए।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। युवराज खत्रीले ४ विकेट लिए भने बिपिन प्रसाद शर्माले ३ विकेट र सन्तोष यादवले २ विकेट हात पारे। आशोक धामीले पनि १ विकेट लिए। ११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमै १ विकेटको क्षतिमा ११८ रन बनाउँदै सहज जित दर्ता गर्यो। नेपालका लागि शाहिल पटेलले ४१ बलमा ८ चौकासहित ४२ रन तथा नरेन भट्टले २३ बलमा ८ चौकासहित ३९ रन बनाउँदै नटआउट रहे। ओपनर निरज कुमार यादवले पनि १२ बलमा ४ चौका प्रहार गर्दै २३ रन बनाए।
हङकङ चीनका बलरहरूबाट खासै प्रभाव देखाउन सकेनन्। शायन पुरीले मात्र एक विकेट लिन सके भने बाँकी सबै बलरहरू विकेटविहीन रहे। अब नेपालले आफ्नो अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ। लगातार तीन जितसहित नेपाल छनोट चरणमा शीर्ष स्थानमा पुग्ने दाबेदार बनेको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
- Roshan Shrestha App ले तोड्यो नेपाली एपको रेकर्ड, ३ महिनामै विश्वका ७ देशमा नम्बर १
- भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईका कार्यकर्तामाथि ज्यान मुद्दा
- मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो
- कुलमान घिसिङ हटाइए, हितेन्द्र देव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त
- साउदीमा फसेका ४६९ नेपालीको बिषय उठ्यो संसदमा
ताजा समाचार
- राष्ट्रियसभा बैठक पुस दोस्रो साता बस्ने, अध्यक्ष दाहालको भनाइ
- बम विस्फोट प्रकरणमा श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
- बहुविवाह मुद्दाको पृष्ठभूमिमा एमाले महाधिवेशनबाट पासाङ शेर्पाको उम्मेदवारी अमान्य
- केन्द्रीय सदस्य उम्मेदवारका पक्षमा गायिका ज्योति मगरको खुला समर्थन
- सुनको मूल्य घट्यो, चाँदी नयाँ उच्चमा