पार्किङमै दुवै बस जलेर नष्ट: वीरगन्जमा मध्यरातको आगलागी घटना
वीरगन्जमा मध्यराततिर पार्किङमा राखिएका दुई वटा बसमा व्यापक आगलागी भएको छ। घटनास्थल वीरगन्ज नयाँ बसपार्क क्षेत्र हो, जहाँ लामो समयदेखि नचलाइएका दुई सवारी साधन अचानक आगोमा परेपछि सम्पूर्णरूपमा जलेर नष्ट भएका छन्।
स्थानीयवासीको भनाइअनुसार राति करिब पौने १ बजेतिर धुँवा उठेको देखिएपछि प्रहरी र दमकलमा खबर गरिएको थियो। त्यसपछि वीरगन्ज महानगरपालिका अग्नि नियन्त्रण टोली र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याइएको हो।
इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले दिएको जानकारीअनुसार ना ५ ख ६२१६ र ना ५ ख ६२१७ दुवै बस करिब ४–५ महिनादेखि एकै स्थानमा रोकिराखिएका थिए। उनका अनुसार, “पहिले एउटा बसमा आगो देखियो र छेउमै रहेकाे अर्को बसमा पनि त्यसैको प्रभावले आगो सरेको जस्तो देखिएको छ।
आगलागीको कारण भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।” आगालगीबाट कुनै मानवीय क्षति नभए पनि दुवै बस पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले घटना शंकास्पद भएको भन्दै थप अनुसन्धान भइरहेको जनाएको छ।