सुर्खेतमा नेतृ शान्ता चौधरीको अचार उद्योग नजिक आगलागी, कारण छानबिनमा

खोज समाचार
खोज समाचार
2025 November 16, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 60 जनाले हेरेका छन्।
सुर्खेतमा नेकपा (एमाले) नेतृ शान्ता चौधरी सञ्चालन गर्दै आएको अचार उद्योग नजिक आगलागी भएको छ। प्रहरी अनुसन्धान जारी रहेकाे अवस्थामा चौधरीले घटनाका दोषी छिटो पहिचान गरी कारबाही गर्न माग गरेकी छन्।
सुर्खेतमा नेतृ शान्ता चौधरीको अचार उद्योग नजिक आगलागी, कारण छानबिनमा

सुर्खेतमा नेकपा (एमाले) की नेतृ शान्ता चौधरी सञ्चालन गर्दै आएको अचार उत्पादन उद्योग नजिक आगलागीको घटना भएको छ। घटनापछि प्रहरी निरीक्षणमा जुटेको छ भने उद्योग पक्षले दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी मोहनजंग बुढथापाका अनुसार आगो चौधरीको बिक्री कक्षसम्म पुगेको देखिए पनि घटनाको वास्तविक कारण खुल्न बाँकी छ।

उनका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा रातिकै समयमा आगो नियन्त्रणमा लिइएको थियो। “कसैले नियतवश आगजनी गरेको हो कि सामान्य दुर्घटना हो—दुवै सम्भावनामा अनुसन्धान भइरहेको छ,” डीएसपी बुढथापाले बताए।

उद्योगकी सञ्चालक नेतृ शान्ता चौधरीले आफ्नै व्यवसायिक कक्षमा आगो लाग्नु आफैंमा चिन्ताजनक भएको बताउँदै घटनामा संलग्नलाई छिटो पहिचान गरी कडा कारबाही गर्न अनुरोध गरेकी छन्। प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगो सुर्खेत नगरपालिका–६ मा रहेको नवदुर्गा बेबी सप नामक पसलमा विद्युत् सर्ट भएर सुरु भएको र त्यसपछि आसपासका स्थानमा सर्न पुगेको हुन सक्ने बताइएको छ।

“वास्तविक क्षति कति भयो भन्ने विवरण संकलन भइरहेको छ,” डीएसपी बुढथापाले भने। सुरक्षाकर्मीले आसपासका व्यापारिक क्षेत्रको पनि अनुगमन गर्दै थप कुनै जोखिम नभएको बताएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: