आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट

खोज समाचार
खोज समाचार
2025 November 16, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 88 जनाले हेरेका छन्।
आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ। सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले घट्दा चाँदी पनि १५० रुपैयाँले घटेर नयाँ दरमा कारोबार भएको महासंघले जनाएको छ।
आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट

आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भयो। यो मूल्य शुक्रबारको तुलनामा ६ हजार ९ सय रुपैयाँ कम हो। शुक्रबार सुन प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको थियो।

चाँदीको मूल्य पनि आज १ सय ५० रुपैयाँले घटेको छ। शुक्रबार ३ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार ३ हजार १३५ रुपैयाँमा झरेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: