बिहार मतगणनामा एनडिएको बलियो सुरुवात, महागठबन्धन पछि

खोज समाचार
खोज समाचार
2025 November 14, Friday
📊 यो समाचारलाई अहिलेसम्म 141 जनाले हेरेका छन्।
बिहार विधानसभाको मतगणनामा प्रारम्भिक नतिजाहरू सार्वजनिक हुन थालेपछि एनडिए गठबन्धन १४२ सिटमा अगाडि देखिएको छ, जबकि महागठबन्धन ६५ सिटमा सीमित छ। बहुमत नजिक पुगेको एनडिएले अग्रता कायम राखे नितिश कुमार दसौं पटक मुख्यमन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको छ।
बिहार मतगणनामा एनडिएको बलियो सुरुवात, महागठबन्धन पछि

बिहार विधानसभाका लागि हुँदै गरेको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरू भएको छ। मतगणना सुरू भएको केही घण्टामै प्रारम्भिक नतिजाहरू सार्वजनिक हुन थालेका छन्, जसले राज्यको राजनीतिक परिस्थितिमा स्पष्ट संकेत देखाउन थालेको छ।

भारतको प्रतिष्ठित अनलाइन माध्यम हिन्दुस्तान टाइम्स का अनुसार, प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडीयू) सम्मिलित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) १४२ सिटमा अगाडि छ। अग्रतामा देखिएका सिटमध्ये भाजपा ७४ क्षेत्रमा अघि रहेको छ भने जेडीयू ६१ सिटमा अघि बढिरहेको छ। यी प्रारम्भिक रुझानले सरकारले सम्हालेको गठबन्धन फेरि एकपटक सत्ताको नजिक पुगेको आभास गराइरहेको छ।

यसैबीच, राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेस नेतृत्वको महागठबन्धनले ६५ सिटमा अग्रता लिएको छ। तीमध्ये ५६ सिट आरजेडीका पक्षमा , ६ सिट कांग्रेसका उम्मेदवारले अग्रता बनाइरहेका छन्। महागठबन्धनले प्रारम्भिक दौडमै अपेक्षित प्रदर्शन देखाए पनि एनडिएभन्दा पछाडि रहेको अवस्था छ।

पहिलोपटक चुनावी मैदानमा उत्रिएको जनसुराज पार्टी भने तीन सिटमा मात्र अग्रता बनाउन सफल देखिएको छ। यद्यपि नयाँ पार्टीका लागि यो परिणाम त्यति निराशाजनक मानिँदैन। ३९ सिटमा अझै मतगणना प्रारम्भिक चरणमै रहेकोले अन्तिम नतिजा आउने क्रममा स्थिति फेरिन सक्ने सम्भावना पनि छ।

बिहार विधानसभामा सरकार गठनका लागि १२२ सिट आवश्यक पर्दछ। प्रारम्भिक स्थितिले भने एनडिए बहुमत नजिक पुगेको संकेत दिएको छ। यहीबीच, अधिकांश एक्जिट पोलहरूले पनि यसपालि एनडिएकै सरकार बन्ने अनुमान गरेका थिए। यदि यो अनुमान र प्रारम्भिक रुझान मिल्दै गए भने जेडीयूका नेता नितिश कुमार दसौं पटक मुख्यमन्त्री बन्नेछन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: