कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि निरन्तर रूपमा बस्ने भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुने कार्यक्रम छ। असोज २८ गतेदेखि सुरू भएको बैठकमा हालसम्म ९५ जना केन्द्रीय सदस्य र नेताहरूले आफ्ना विचार प्रस्तुत गरिसकेका छन्। बाँकी पदाधिकारी र केन्द्रीय सदस्य गरी करिब ७३ जना सदस्यले अझै धारणा राख्न बाँकी भएकाले बैठक केही दिनसम्म लम्बिन सक्ने अनुमान गरिएको छ।
महामन्त्री गगन थापाले छलफलका लागि १० बुँदे एजेन्डा पेस गरे पनि अहिलेको बहस मुख्यतया महाधिवेशनको समय र स्वरूपमा केन्द्रित छ। पार्टीभित्र दुई धार स्पष्ट देखिएका छन्—एक पक्षले नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् भने अर्को पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ।
स्रोतका अनुसार करिब ५३ प्रतिशत प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाइसकेका छन्। यसले पार्टीभित्र नयाँ नेतृत्व र दिशाको आवश्यकता रहेको सन्देश दिएको बताइन्छ। बैठकमा यी विषयहरूमा जारी छलफलले कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक रणनीतिमा निर्णायक प्रभाव पार्ने अनुमान गरिएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- शुक्रबार सुन र चाँदी दुबैको मूल्यमा वृद्धि
- मंसिर २७ देखि सुरू हुने ११औं महाधिवेशन राष्ट्रको भविष्यको मोड बन्नेछ: विष्णु पौडेल
- मधु आचार्यको सुझाव– मंसिर २४ देखि विशेष महाधिवेशन सुरू गरौं
- रामकुमारी झाक्रीको टिप्पणी : माधव नेपालले आफ्नै इतिहासलाई पुनः प्रश्नमा पारे
- अब्दुल सत्तारको प्रश्न– महाधिवेशन नगरी कांग्रेस गाउँ पस्न कसरी सक्षम हुन्छ?