सुन–चाँदीको मूल्य बढ्यो

खोज समाचार
खोज समाचार
2025 November 6, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 172 जनाले हेरेका छन्।
बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि २० रुपैयाँले बढेर तीन हजार १० रुपैयाँ पुगेको छ।
सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं —  बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको कारोबार मूल्य दुई लाख ३७ हजार आठ सय रुपैयाँ पुगेको छ। बुधबार  सुनको मूल्य दुई लाख ३७ हजार दुई सय रुपैयाँ मात्र थियो। यस हिसाबले बिहीबार सुन तोलामा ६ सय रुपैयाँले महँगिएको हो।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ। बुधबार दुई हजार ९ सय ९० रूपैयाँमा कारोबार  भएको चाँदी बिहीबार प्रतितोला तीन हजार १० रुपैयाँमा पुगेको छ, अर्थात् २० रुपैयाँले वृद्धि भएको हो।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: