नेपाल प्रिमियर लिग (एनपीएल): दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सको टक्कर

Hemraj Joshi
Hemraj Joshi
2024 December 19, Thursday
📊 यो समाचारलाई अहिलेसम्म 866 जनाले हेरेका छन्।
जनकपुर बोल्ट्स र कर्णाली याक्स आज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आमनेसामने हुँदैछन्। सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि फाइनल पुग्ने सपना बचाइराख्न जनकपुरलाई आजको खेल जित्नैपर्ने दबाब छ। बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई
नेपाल प्रिमियर लिग (एनपीएल): दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सको टक्कर

जनकपुर बोल्ट्स र कर्णाली याक्स आज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आमनेसामने हुँदैछन्। सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि फाइनल पुग्ने सपना बचाइराख्न जनकपुरलाई आजको खेल जित्नैपर्ने दबाब छ।

बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो। अब आजको विजेता टोली शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुने तय भएको छ। यस खेलमा दुवै टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गरेर फाइनल प्रवेश गर्न पूरा प्रयास गर्नेछन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: