तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैनः प्रधानमन्त्री ओली

खोज समाचार
खोज समाचार
2025 March 25, Tuesday
📊 यो समाचारलाई अहिलेसम्म 220 जनाले हेरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितासाथ काम गर्दै आएको बताउनुभएको छ। मंगलवार, प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहमा सम्बोधन गर्दै उहाँले यसो बताउनुभएको हो। उहाँले
तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितासाथ काम गर्दै आएको बताउनुभएको छ। मंगलवार, प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोईरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहमा सम्बोधन गर्दै उहाँले यसो बताउनुभएको हो।

उहाँले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै केही समूहहरुले तिललाई पहाड बनाउने काम गरिरहेको बताउनुभयो। उहाँले भने, केही समूहतर्फबाट इस्यू पायौँ भन्ने हिसाबले बिरोध सुरु गरिसकेको छ। मैले आइडोलोजीको भन्दा देशप्रतिको निष्ठा हेर्ने गर्दछु, र देश सबैको साझा हो।

प्रधानमन्त्री ओलीले थप्नुभयो,  मैले आइडोलोजी त्यति धेरै हेर्दिन, देशप्रतिको निष्ठा हेर्छु। आइडोलोजी आफ्नो-आफ्नो हुनसक्छन्, तर देश साझा हो। तरिका र सोच फरक-फरक हुनसक्छन्, तर गन्तव्य एउटै हो – देश। उहाँले भने, देश कसरी बनाउने भन्ने कुरा ससाना कुरा हो। तिललाई पहाड बनाउने चलन छ। अहिले पनि केही मानिसहरू सानो विषय पाउँदा उफ्रिरहेका छन् र कुदिरहेका छन्।

के पायौँ, के पायौँ भनेर हिजैदेखि वक्तव्यबाजी सुरु भएको छ। यही तिलको पहाड बनाएको हो। प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा अवकाश प्राप्त व्यक्तिलाई नियुक्त गरेको कुरा उठाउँदै प्रश्न गर्नुभयो,  पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो नियुक्ति पछि मात्र उज्यालो आएको हो? उहाँले चेतावनी दिनुभयो, वर्षौं लगाएर गरेको मेहनतलाई जादु र चमत्कारको रूपमा प्रचार नगर्नुहोस्।

प्रधानमन्त्री ओलीले थप्नुभयो, एक मित्रको स्टाटसमा मैले पढेको थिएँ कि अवकाश प्राप्त व्यक्ति त्यहाँबाट आएको हो, बाहिरबाट ल्याइएको होइन। यस्ता कुरामा भ्रम नपर्न अनुरोध गर्दछु। पूर्वराजा शाहप्रति लक्षित गर्दै उहाँले भने, व्यक्तिलाई मानेर, एक संस्था र एक खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तन अबको युगसँग मेल खाँदैन। लोकतन्त्र विश्वको सबैभन्दा राम्रो प्रणाली हो र यसलाई अझ परिष्कृत गर्दै अघि बढाउन आवश्यक छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: