एमाले केन्द्रीय बैठक: सदस्यलाई धारणा राख्न ३ मिनेटको समय

खोज समाचार
खोज समाचार
2025 July 21, Monday
📊 यो समाचारलाई अहिलेसम्म 243 जनाले हेरेका छन्।
नेकपा (एमाले)ले आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यलय, च्यासलमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठकको मुख्य उद्देश्य आगामी विधान महाधिवेशनका लागि तयार गरिएको विधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्नु हो। बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान मस्यौदा समितिले
एमाले केन्द्रीय बैठक: सदस्यलाई धारणा राख्न ३ मिनेटको समय

नेकपा (एमाले)ले आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यलय, च्यासलमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठकको मुख्य उद्देश्य आगामी विधान महाधिवेशनका लागि तयार गरिएको विधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्नु हो। बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान मस्यौदा समितिले तयार पारेको दस्तावेज केन्द्रीय कमिटीमा पेश गर्नेछन्।

यसअघि सो मस्यौदालाई सचिवालय र पोलिटब्युरोले स्वीकृति दिइसकेको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, मस्यौदा पेश भएपछि केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्न पाउने छन्। यसका लागि प्रत्येक सदस्यलाई अधिकतम तीन मिनेट समय प्रदान गरिने कार्यतालिका तय गरिएको छ।

गौतमले बताएअनुसार सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोका सदस्यहरूले आफ्ना विचार पहिल्यै राखिसकेकाले आजको बैठकमा केन्द्रीय सदस्यहरूलाई मात्र बोल्न अवसर दिइने छ। वर्तमान संरचनाअनुसार एमालेमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक करिब २३० जना केन्द्रीय सदस्य छन्।

योजना अनुसार बैठक आज र भोलि सम्पन्न गर्ने भनिए पनि, सबै सदस्यहरूले धारणा राखेमा बैठक पर्सिसम्म लम्बिन सक्ने अनुमान गरिएको छ। पार्टी स्रोतका अनुसार, विधान मस्यौदामा केही महत्त्वपूर्ण विषयहरू समावेश गरिएका छन्। जसमा ७० वर्षको उमेर सीमा र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय प्रमुख छन्। यी निर्णयहरू अघिल्लो सचिवालय र पोलिटब्युरो बैठकमार्फत गरिएका थिए।

एमालेले विधान मस्यौदालाई केन्द्रीय कमिटीबाट पारित गराएपछि मातहतका कमिटीहरूमा सुझावको लागि पठाउने तयारी गरेको छ। ती सुझावहरूलाई संकलन गरी अन्तिम रूप दिइएपछि विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ। पार्टीले भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ। उक्त महाधिवेशनबाट एमालेको आगामी सांगठनिक संरचना र मार्गदर्शनको दिशानिर्देश तय हुने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: