यी तीन मुख्य एजेन्डामा केन्द्रित हुँदै रास्वपाको सचिवालय बैठक आज बस्दै
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बुधबार दिउँसो केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। पार्टीका अनुसार बैठक चःमतिस्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे सुरु हुनेछ। बैठकमा आगामी विस्तारित बैठकका लागि एजेन्डा र व्यवस्थापनबारे अन्तिम तयारी गर्ने निर्णय हुने बताइएको छ।
साथै, पछिल्ला मनसुनजन्य विपदका बेला पार्टीले गरेको सक्रियता र त्यसको निरन्तरताबारे पनि समीक्षा गरिनेछ। कार्यवाहक प्रवक्ता मनिष झालेका अनुसार, बैठकले देशभर सुरु गरिएको ‘सद्भाव यात्रा’ कार्यक्रमबारे समेत विस्तृत छलफल गर्नेछ। उनका अनुसार यो यात्रा पार्टीको संगठन सुदृढीकरण र जनसंपर्क विस्तारका दृष्टिले महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
झाले भने, “हाम्रो उद्देश्य केवल राजनीतिक अभियान होइन, समुदायसँग प्रत्यक्ष संवाद गर्दै सकारात्मक सन्देश फैलाउने हो।” रास्वपाले हालैका विपद्ग्रस्त क्षेत्रमा राहत र पुनःस्थापना सम्बन्धी कार्यमा पनि संलग्नता बढाउँदै आएको छ। आजको बैठकले ती कार्यहरूको समीक्षा गर्दै आगामी योजना तय गर्ने अपेक्षा गरिएको छ।
तपाईंको प्रतिक्रिया
यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:
सम्बन्धित समाचार
धेरै पढिएको
ताजा समाचार
- श्याम घिमिरे भन्छन्– निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन गर्दैछौं, चाँडै पार्टीमा बुझाउँछौं
- ओलीको घोषणा: म बोल्छु, अनि महाधिवेशन त्यत्तिमै सकिन्छ
- आइतबार सुनको मूल्य बढ्यो, चाँदीमा सानो गिरावट
- विशेष वा नियमित, तर पुस २९ भित्र महाधिवेशन हुनैपर्छः विश्वप्रकाश शर्मा
- सुशासन र पारदर्शिताको बाटोमा सरकार अडिग छः गृहमन्त्री