तथाकथित एनओसीका पदाधिकारीले भ्रम फैलाए– खेलकुदमन्त्री चौधरी

खोज समाचार
खोज समाचार
2025 March 16, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 184 जनाले हेरेका छन्।
युवा तथा खेलकुद मन्त्रालयले तथाकथित नेपाल ओलम्पिक कमिटी (एनओसी) का पदाधिकारी भनिएका व्यक्तिहरूबाट भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएको छ।खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अवैधानिक ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट तेस्रोपल्ट अध्यक्षमा
तथाकथित एनओसीका पदाधिकारीले भ्रम फैलाए– खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्रालयले तथाकथित नेपाल ओलम्पिक कमिटी (एनओसी) का पदाधिकारी भनिएका व्यक्तिहरूबाट भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएको छ।खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अवैधानिक ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट तेस्रोपल्ट अध्यक्षमा निर्वाचित जीवनराम श्रेष्ठले गत हप्ता पत्रकार सम्मेलन गर्दै नेपाली खेलकुदको नियमन निकायले मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएका थिए।

उनीहरूले आफूलाई एनओसीका अध्यक्ष श्रेष्ठलाई कुवेत भ्रमणमा जान नदिने प्रयास गरेको भन्दै सरकार, खेलकुद मन्त्रालय र खेलकुद परिषद्को चर्को आलोचना गरेका थिए।तर, यस विषयमा प्रतिक्रिया जनाउँदै मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गर्दै तथाकथित एनओसीका पदाधिकारीहरूले उठाएका आरोपप्रति ध्यानाकर्षण भएको र त्यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ।

मन्त्रालय र परिषद्ले अवैधानिक ठहर गरिएका निर्वाचित पदाधिकारीहरूले उठाएका आरोपहरू निराधार रहेको पनि स्पष्ट पारेको छ। एनओसीका पदाधिकारी भएको दावी गर्दै प्रस्तुत भएका व्यक्तिहरूको विषयमा नेपाली खेलकुदको नियमन निकायले आपत्ति जनाएको छ।युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीहरूको प्रोत्साहनमा सधैं लागिरहेको बताए।

मन्त्री चौधरीले एनओसीको निर्वाचन २०७६ भदौ २० गते भएको र उक्त कार्यकाल २०८० भदौ १९ गते सकिएको जनाए। उनले भने, आफ्नो पदावधि सकिएपछि तदर्थ कमिटीले विधानविपरीत संशोधन गर्दै निर्वाचित पदाधिकारीलाई अवैधानिक ठहर गराएको छ। विधान संशोधन र सदस्यता विषयमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा निर्वाचन गर्नु अदालतको अपहेलनासमेत हो।

मन्त्री चौधरीले ऐन र कानूनअनुसार हुनुपर्ने साधारणसभा, अडिट रिपोर्ट र खेल संघको नियमित काम नगरेको कारण कारबाही प्रक्रिया अघि बढाइएको जनाए। उनले आरोप लगाउँदै भने, खेल संघहरू दर्ता भए पनि नियमित रूपमा साधारणसभा नगर्ने र जीवनभर मात्र अध्यक्ष भएर कार्य गर्दै आएका छन्।

मन्त्री चौधरीले एनओसीमा रहेका ६ संघले निर्वाचन नगरेको र ४ वटा खेल संघहरूबाट किर्ते गरेर अवैध रूपमा ओलम्पिक कमिटीको प्रतिनिधि बनेको पनि बताए। उनले थपे, अहिलेसम्म कुनै खेलाडीलाई प्रतियोगिता खेल्न रोकिएको छैन, मात्र एनओसीका पदाधिकारी भनिएकाहरूलाई मात्र विदेश भ्रमण जान रोकेका छन्।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: