सुनको भाउ फेरि बढ्यो, चाँदीमा सानो गिरावट

खोज समाचार
खोज समाचार
2025 November 2, Sunday
📊 यो समाचारलाई अहिलेसम्म 249 जनाले हेरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ फेरि वृद्धि भएको छ। आइतबार सुन प्रतितोला सात सय रूपैयाँले बढेर दुई लाख ३९ हजार सात सय रूपैयाँ पुगेको छ भने चाँदीको मूल्य पाँच रूपैयाँले घटेको छ।
सुनको भाउ फेरि बढ्यो, चाँदीमा सानो गिरावट

काठमाडौं — केही दिनयता घट्दै आएको सुनको मूल्यमा फेरि वृद्धि भएको छ। आइतबार नेपाली बजारमा सुन सात सय रूपैयाँले बढेर प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो मूल्यसूचीअनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य बढेको हो। शुक्रबार सुन प्रतितोला दुई लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदी भने अलिकति सस्तो भएको छ। शुक्रबार प्रतितोला तीन हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच रूपैयाँले घटेर तीन हजार ५५ रूपैयाँमा पुगेको छ।

तपाईंको प्रतिक्रिया

यो पोस्टलाई साथीहरूसँग शेयर गर्नुहोस्:

Facebook Messenger Viber WhatsApp Email

सम्बन्धित समाचार

धेरै पढिएको

ताजा समाचार

अन्य भाषामा खोज समाचार: